गाउँघर साना किसान कृषि सहकारीको मुनाफा २६ लाख

ताजा समाचारको लागि फलो गर्नुहोस ।


दीक्षण समाचार
चरिकोट, माघ २
दोलखाको मेलुङ्ग गाउँपालिका–६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले २६ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ । सहकारीका प्रबन्धक भुपप्रसाद चापागाईँले शनिबार सम्पन्न एघारौँ साधारणसभामा प्रस्तुत गर्नु भएको आर्थिक प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷७९ मा २६ लाख ५ हजार ६ सय रुपैयाँ मुनाफा आर्जन भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार गत आव सहकारीको कुल पूँजी नौ करोड ४० लाख ३५ हजार ८ सय ३१ रुपैयाँ पुगेको थियो । यस्तै शेयर पूँजी ३४ लाख ४३ हजार पुगेको थियो । सहकारीले सात करोड ४९ लाख २० हजार ७ सय रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । सहकारीमा चार सय ५७ जना बालबचत कर्ता र दुई हजार ३८ जना शेयर सदस्य रहेका छन् । सहकारीले निक्षेप संकलन, कर्जा प्रवाहसँगै कृषि प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत आवमा २० लाख ६३ हजार २ सय ९५ बराबरको कृषि कार्यक्रमहरु सञ्चालन गरिएको प्रबन्धक चापागाईँले बताउनु भयो ।

Shares

Be the first to comment on "गाउँघर साना किसान कृषि सहकारीको मुनाफा २६ लाख"

Leave a comment

Your email address will not be published.


*