तामाकोशी गाउँपालिकामा एक एम्बुलेन्स प्राप्त

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचर
चरिकोट, माघ २
दोलखाको तामाकोशी गाउँपालिकामा एम्बुलेन्स प्राप्त भएको छ । वडा नं. ६ स्थित च्यामा स्वास्थ्य चौकी अन्तर्गत सञ्चालन हुने गरी एक वटा एम्बुलेन्स प्राप्त भएको हो । गाउँपालिका स्वास्थ्य शाखा संयोजक अरुणकुमार मिश्रले पुस २४ गते पालिका कार्यालयमा (ख) वर्गको एम्बुलेन्स आइपुगेको बताउनु भयो । बागमती प्रदेश सरकारको १४ लाख ८० हजार र पालिकाको पाँच लाख गरी १९ लाख ८० हजारमा एम्बुलेन्स खरीद गरिएको उहाँले बताउनु भयो । सो एम्बुलेन्स केही दिनपछि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनु भयो । गाउँपालिकाका नागरिकहरु बिरामी भए स्वास्थ्य चौकी र त्यहाँ उपचार नभए सदरमुकाम चरिकोट एवं अन्य जिल्लाका अस्पताल लैजान एम्बुलेन्स खरीद गरिएको हो ।
वडाध्यक्ष कृष्णप्रसाद फुँयालले एम्बुलेन्स सञ्चालनपछि स्वास्थ्य उपचार सेवामा नागरिकको पहुँच बढ्ने बताउनु भयो । बिरामी र घाइतेलाई उपचारका लागि तत्काल उद्धार गरी अस्पताल पु¥याई जोखिमबाट मुक्त गराउन एम्बुलेन्स महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । पालिकामा हाल दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । एउटा एम्बुलेन्स बिग्रिएकोले मर्मतसम्भारमा पठाइएको छ ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा एक एम्बुलेन्स प्राप्त"

Leave a comment

Your email address will not be published.


*