गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, दोलखाको शैलुङ गाउँपालिका वडा नं. ६ स्थित गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । वडा कार्यालय र सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरको संयुक्त आयोजनामा माघ १५ गते शिविर आयोजना हुने भएको हो । वडाध्यक्ष दिपक बस्नेतले भौगोलिक विकटता, आर्थिक अभाव लगायतका कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई गाउँमै निशुल्क सेवा उपलब्ध गराउन शिविर आयोजना गर्न लागिएको बताउनु भयो । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्रका वरिष्ठ चिकित्सकहरुको उपस्थितिमा शिविर आयोजना गर्न लागिएको हुँदा मौकाको फाइदा उठाउन वडावासीलाई वडाध्यक्ष बस्नेतले अनुरोध गर्नु भयो । शिविरमा बालरोग, मुटु, मिर्गौला, स्त्रीरोग, ब्लडप्रेसर, सुगर जस्ता रोगहरुको परीक्षण गरिनुका साथै भिडिओ एक्स रे, इसिजी तथा सामान्य रगत परीक्षण गरिनुका साथै औषधी वितरण र आवश्यक परामर्श सेवा पनि उपलब्ध गराइने छ । शिविरले उपचारबाट वञ्चित विपन्न नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको वडाध्यक्ष बस्नेतले बताउनु भयो ।

Shares

Be the first to comment on "गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने"

Leave a comment

Your email address will not be published.


*