बैतेश्वर गाउँपालिकाले नौ गते बिदा दिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, दोलखाको बैतेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा नौ गते सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउन पालिकाले नौ गते सार्वजनिक बिदा दिने घोषणा गरिएको सुचना मार्फत जानकारी गराएको हो । यो बर्ष सोनाम ल्होछार माघ ८ गते परेको छ । पालिकामा ल्होछार भव्य रुपमा मनाउन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरू र विद्यालयहरुमा नौ गते बिदा दिइएको पालिका अध्यक्ष छवि लामाले बताउनु भयो । तामाङ समुदायको बाहुल्यता रहेको पालिकामा सो समुदायको सम्मान र संस्कृतिको संरक्षणका लागि संविधान प्रदत्त अधिकारको उपभोग गरी बिदा दिने घोषणा गरिएको अध्यक्ष लामाको भनाई छ । तामाङ समुदायले हरेक वर्ष ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गर्दछन् । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाले नौ गते बिदा दिने"

Leave a comment

Your email address will not be published.


*