गौरीशंकरको बाटो स्तरोन्नति गरिँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १७
दोलखाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको गाउँबस्तीसम्म पुग्ने पुराना एवं जीर्ण गोरेटो बाटोहरु मर्मतसम्भार गर्न सुरु गरिएको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे भएर बालबालिका तथा वृद्धिलाई आवातजावतमा समस्या भएपछि वडाले बाटो मर्मतसम्भार तथा स्तरोन्नति गर्न थालेको हो ।
वडाध्यक्ष ङिमागेली शेर्पाले वर्षा, बाढी, पहिरो लगायतका कारण बिग्रेभत्केका, जीर्ण एवं पूराना गोरेटो बाटोहरुलाई स्तरोन्नति गरी सहज बनाउन लागिएको बताउनु भयो । साँघुरा एवं जीर्ण बाटो स्तरोन्नति नहुँदा स्थानीयले आवातजावतमा सास्ती भोगिरहेका छन् । उनीहरुलाई आवातजावत गर्न सहज होस् भनेर आफू निर्वाचित भएको पहिलो वर्षमै गोरेटो बाटो मर्मतसम्भार गर्न सुरु गरेको वडाध्यक्ष शेर्पाले बताउनु भयो । गाउँको एक टोलदेखि अर्को टोलसम्म पुग्न गोरेटो बाटोको प्रयोग हुन्छ । तर ती गोरेटो बाटोहरु स्तरोन्नति र व्यवस्थित नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ । जेठदेखि बाटो स्तरोन्नति गर्न सुरु गरिएको बताउँदै वडाध्यक्ष शेर्पाले हालसम्म सो कार्यका लागि ५० लाख खर्च भएको जानकारी दिनु भयो । उहाँका अनुसार वडा तथा पालिका स्तरीय बजेट र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बाटो स्तरोन्नती गरिएको हो । भीर, खोला र जंगलको बाटो स्तरोन्नति गरी स्थानीय तथा पर्यटकलाई आवागमनका लागि सहज बनाइएको वडाध्यक्ष शेपाले बताउनु भयो । वडाध्यक्ष शेपाले अहिले पनि नयाँ बाटो निर्माण र पूराना बाटो स्तरोन्नतिको काम भईरहेको बताउनु भयो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट विनियोजित रकमबाट हिमाली क्षेत्र रोल्वालिङ र सगरमाथा जोडिने बाटो निर्माणँगै चौतारो र पाटी घर समेत निर्माण भईरहेको बताउनु भयो ।

Shares

Be the first to comment on "गौरीशंकरको बाटो स्तरोन्नति गरिँदै"

Leave a comment

Your email address will not be published.


*