जिरीमा नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १७
दोलखाको जिरी नगरपालिकामा मंगलबारदेखि नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा साथ नगरपालिकाको आयोजनामा जिरी माविको खेलमैदामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले गर्नु भएको थियो । सो अवसरमा उहाँले विद्यालयबाटै खेलकुद प्रतिभाको खोजी गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान कायम गर्ने समक्ष र योग्य खेलाडी उत्पादन गर्न सबैले चासो दिनु पर्ने बताउनु भयो । सुस्ताउँदै गएको जिरीलाई खेलकुदको माध्यमबाट लयमा फर्काउन सकिने बताउँदै काफ्लेले खेल क्षेत्रको संरक्षण, प्रवद्र्धन र संर्वद्धन गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले पूर्वाधारको अभावमा खेलकुदका गतिविधिहरु नहुने अवस्थाको अन्त्य गर्नका लागि आफ्नो तर्फबाट पहल हुने बताउनु भयो ।
समारोहमा जिरी नगरपालिका प्रमुख मित्रबहादुर जिरेलले खेलाडीहरुको अन्तरनिहित प्रतिभाको प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । प्रतियोगिताले राष्ट्रिय स्तरमा योगदान दिन सक्ने सक्षम र उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने विश्वास गर्नु भयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर योजनाहरु सञ्चालन गरिहेको उल्लेख गर्नु भयो । नगरप्रमुख जिरेलले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई अनुशासित, मर्यादित भएर उत्कृष्ट खेल प्रतिभा प्रदर्शन गर्न अनुरोध गर्नु भयो । प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, दौड, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेल हुने छ । प्रतियोगिता १९ गते समापन हुने छ । उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "जिरीमा नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*