चरिकोटमा फुटसल प्रतियोगिता हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, मंसिर २५
दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिका विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । हिमालयन क्राउन बोडिङ्ग स्कुलले पुस १ र २ गते प्रतियोगिता आयोजना गर्न लागेको हो । विद्यार्थी खेलाडीहरुको क्षमता प्रस्फुटन र मनोरञ्जन गराउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलका प्रधानाध्यापक माया तमाङले बताउनु भयो । प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमलाई क्रमश नगद दश हजार र सात हजार तथा सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । उत्कृष्ट किपर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले दुई हजार ५ सय तिरेर २८ गतेभित्र टिम दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा फुटसल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*