भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औँ साधारणसभा सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, मंसिर २५
दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औँ साधारण सभा सुरु भएको छ । जिल्लाको तामाकोशी र मेलुङ गाउँपालिका कार्यक्षेत्र रहेको सो संस्थाको साधारण सभा क्षेत्र गत रुपमा शनिबार देखि सुरु भएको हो ।
संस्थाका का.मु व्यवस्थापक उदय कटुवालले सदस्यहरुलाई सहजताका निम्ति क्षेत्रगत रुपमा साधारण सभा सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार पहिलो दिन जफे, मालु, मेलुङ, पवटी, घ्याङसुकाठोकर र मालुखोला र आइतबार दोस्रो दिन झुले, गैरीमुदी र भिरकोटमा साधारण सभा सम्पन्न भएको छ । का. मु व्यवस्थापक कटुवालले मंसिर २८ गते भित्र तोकिएको समय र स्थानमा सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र शेयर सदस्यको उपस्थितिमा साधारण सभा सम्पन्न गरिने बताउनु भयो । साधारण सभामा संस्थाको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतिका साथै आगामी वर्षको प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित भइरहेको छ ।
संस्थाका कोषाध्यक्ष यज्ञबहादुर श्रेष्ठका अनुसार संस्थाको कुल पुँजी ४२ करोड ५८ लाख १० हजार रुपैयाँ र ऋण लगानी ३५ करोड ६७ लाख ५१ हजार रुपैयाँ रहेको छ । संस्थामा कुल शेयर सदस्य सात हजार ८ सय सात जना रहेका छन्, भने बाल बचतकर्ता २५ सय ४३ जना रहेका छन् । संस्थाका सचिव बाबुराम कार्कीले ग्रामीण समुदायको आर्थिक र सामाजिक सशक्तिकरणमा सहकारीले नीति, सिद्धान्त र स्वनियममा रहेर सहयोग गरिरहेको बताउनु भयो । २०५२ सालमा स्थापना भएको उक्त सहकारीले विभिन्न चुनौतीको सामना गर्दै यहाँ सम्म आइपुगेको उहाँको भनाइ थियो । सहकारीले आफ्नो उद्धेश्य र क्षमता अनुसार काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सञ्चालक समिति कस्सिएको उहाँले बताउनु भयो ।
पेलेट दाना उद्योग सञ्चालन
उक्त सहकारी संस्थाले तीन वर्षदेखि जिल्लामै पहिलो पटक पशुपन्छी पेलेट दाना उद्योग सञ्चालन गरिरहेको छ । व्यवसायिक रुपमा कृषि खेती र पशुपालनमा प्रोत्साहन गर्न र युवालाई रोजगारी दिने उद्देश्यले सञ्चालन गरिएको संस्थाका सहयाक व्यवस्थापक रमेश केसीले बताउनु भयो । हाल उद्योगबाट पशुको दानामा मात्र उत्पादन भइरहेकोमा यही पौस महिनादेखि कुखुरा लगायतका पन्छीहरुको दाना पनि उत्पादन गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनु भयो । सहकारीका शेयर सदस्य र स्थानीयलाई सहुलियतमा दाना बिक्री गर्ने गरिएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औँ साधारणसभा सुरु"

Leave a comment

Your email address will not be published.


*