झोरुङ खोलामा पुल निर्माण कार्य ७५ प्रतिशत सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २४
दोलखाको विगु गाउँपालिका–४ लादुक स्थित झोरुङ खोलामा निर्माण भइरहेको मोटरेवल पुलको निमार्ण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । सिंगटी–सोरुङ सडक खण्ड अन्तर्गत झोरुङ खोला माथि निर्माणाधीन पुलको भौतिक प्रगती ७५ प्रतिशत सम्पन्न भएको हो ।
गाउँपालिकाका इन्जिनियर पर्वत पोखरेलले आगामी बैशाखमा सम्पन्न गर्ने लक्ष्यका साथ पुल निर्माण भइरहेको बताउनु भयो । उहाँका अनुसार अहिले पुलको ढलान कार्य भइरहेको छ । पुलको लम्बाई ६० मिटर र चौडाई १ मिटरको पेटीसहित पाँच दशमलव पाँच मिटरको हुने उहाँले जानकारी दिनुभयो । सिंगटी हाइड्रोपावर कम्पनीको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लगानीमा पुल निर्माण भइरहेको ईन्जिनियर पोखरेलले बताउनु भयो ।

२०७८ माघमा त्रिवेणी बानियाँ लासा जेभिले विगु गाउँपालिकासँग दुई करोड १६ लाखमा १८ महिनामा पूरा गर्ने गरी पुल निर्माण सम्झौता गरी काम सुरु गरेको थियो । तर गत असारमा खोलामा बाढी आएर निर्माणाधीन पुलमा आंशिक क्षति पुगेको थियो। त्यसपछि म्याद थपेर पुनः निर्माण कार्य सुरु गरिएको थियो ।
ईन्जिनियर पोखेरलले पुलको ढलानको काम भईरहेकोले २२ देखि २९ गतेसम्म सिंगटी–सोरुङ सडक खण्डमा सवारीसाधन आवातजावतमा रोक लगाइएको बताउनु भयो । उहाँले सो अवधिमा बैकल्पिक मार्गको प्रयोग गर्न यातायात व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने सञ्चालनमा रोक नलगाइएको उहाँको भनाई छ ।

Shares

Be the first to comment on "झोरुङ खोलामा पुल निर्माण कार्य ७५ प्रतिशत सम्पन्न"

Leave a comment

Your email address will not be published.


*