भीमेश्वर नगरपालिकाले स्वास्थ्य शिविर आयोजना गर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २४
दोलखाको भीमेश्वर नगरपालिकाले सबै वडामा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जेष्ठ नागरिक र महिलाहरुको स्वास्थ्य परीक्षण, रोग पहिचान र उपचारका लागि माघ २६ देखि फागनु ३ गतेसम्म शिविर आयोजना गर्ने भएको हो ।
भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले अस्वस्थ एवं बिरामी जेष्ठ नागरिक र महिलाहरुलाई गाउँटोलमै स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्धेश्यले शिविर सञ्चालन गर्न लागिएको बताउनु भयो । उहाँका अनुसार शिविरमा ६८ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा, आँखा स्वास्थ्य र दन्त रोग परीक्षण सेवा र महिला स्वास्थ्य सम्बन्धी उपचार सेवा उपलब्ध हुने छ ।
शिविरमा निशुल्क सेवा उपलब्ध गराइने भएकोले मौकाको फाइदा उठाएर स्वास्थ्य लाभ लिन स्वास्थ्य शाखा संयोजक खड्काले अनुरोध गर्नु भयो । शिविर वडाको स्वास्थ्य संस्थामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
माघ २६ गते सुस्पा क्षमावती स्वास्थ्य चौकी, २७ गते डिलढुँगा शहरी स्वास्थ्य केन्द्र, २८ गते जिलु आधारभूत स्वास्थ्य केन्द्र, २९ गते माटी स्वास्थ्य चौकीमा शिविर हुने छ । फागुन १ गते मकैबारी स्वास्थ्य चौकी र २ गते बोच स्वास्थ्य चौकी र ३ गते खरीढुँगा शहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले स्वास्थ्य शिविर आयोजना गर्ने"

Leave a comment

Your email address will not be published.


*