दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २६
भीमेश्वर नगरपालिका-४ जिलु स्थित सर्व माविका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। दोलखाली समाज अष्ट्रेलियाले उज्यालो भविष्य संस्थाको समन्वमा विद्यार्थीलाई बिहिबार छात्रावृत्ति वितरण गरेको हो । तीन वर्षे बाली विज्ञान डिप्लोमा तहमा अध्ययनरत सविना जिरेल र फम्फा घिसिङलाई एक लाखको दरले छात्रवृत्ति वितरण गरिएको उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतले बताउनुभयो। छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो। दोलखा समाज अष्ट्रेलियाले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उज्यालो भविष्य संस्था सहकार्य र समन्वय गर्न तयार रहेको अध्यक्ष राजन बस्नेतले बताउनु भयो ।

Shares

Be the first to comment on "दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण"

Leave a comment

Your email address will not be published.


*