गर्भवती आमालाई अण्डा उपहार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २६
दोलखाको मेलुङ्ग गाउँपालिकाले गर्भवती आमालाई अण्डा वितरण गर्न सुरु गरेको छ । पालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मातृशिशुको पोषण सुरक्षाका लागि अण्डा वितरण गर्न सुरु गरेको हो । पालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईँले नियमित स्वास्थ्य परीक्षण गरेका गर्भवती आमालाई अण्डा वितरण सुरु गरिएको बताउनु भयो । उहाँका अनुसार बिहीबार वडा नं. ७ बाट अण्डा वितरण कार्यक्रम सुरु भएको छ । सो वडामा नौ जना गर्भवती आमालाई दुई क्यारेटका दरले अण्डा बाँडिएको छ । गर्भवती आमालाई पोषणयुक्त खाना सेवन र नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्दै अण्डा वितरण थालिएको उहाँले बताउनु भयो । पोषणयुक्त खानेकुरासँगै नियमित अण्डा सेवनले गर्भवती आमाको पोषणमा अवस्थामा सुधार आउने उहाँले उल्लेख गर्नु भयो । पालिकाका नागरिक स्वस्थ भएमात्रै चौतर्फी विकास हुने उहाँको भनाई थियो ।

Shares

Be the first to comment on "गर्भवती आमालाई अण्डा उपहार"

Leave a comment

Your email address will not be published.


*