दोलखाका डिएसपी पौडेलको सरुवा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २१
जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलको सरुवा भएको छ । पौडेलको राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा महाराजगंज, काठमाडौंमा सरुवा भएको हो । पौडेल २०७८ फागुन देखि दोलखाका कार्यरत हुनुहुन्थ्यो । पौडेलको स्थानमा सरुवा भएर नयाँ डिसपीको रुपमा दिपक खड्का आउनु हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दोलखाका डिएसपी सहित बिहीबार १५० जना डिएसपीहरुको सरुवा गरेको हो । माघ महिनाको तलबभत्ता सरुवा भएकै स्थानबाट प्रदान गर्ने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवामा विभिन्न जिल्ला, वृत्त तथा इप्रकाका प्रमुख फेरिएका छन् ।

Shares

Be the first to comment on "दोलखाका डिएसपी पौडेलको सरुवा"

Leave a comment

Your email address will not be published.


*