सत्यश्वर माविले मनायो ६४ औँ स्थापना दिवस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २१
दोलखाको मेलुङ गाउँपालिका–१ पवटीमा अवस्थित सत्यश्वर माविले आफ्नो ६४ औँ स्थापना दिवस मनाएको छ । २०१६ सालमा स्थापना भएको सो विद्यालयले शुक्रबार ६४ औँ स्थापना दिवस दिवस विविध कार्यक्रम गरी मनाएको हो ।
स्थापना दिवस समारोहको उद्घाटन गाउँपालिकाका अध्यक्ष हिरा थोकरले गर्नु भएको थियो । सो अवसरमा उहाँले निशुल्क र गुणस्तरीय शिक्षा प्रवाह गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका लागि शैक्षिक संस्थाहरुले दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भयो । उहाँले शिक्षामा पराम्परागत र घोकन्ते प्रणालीलाई त्यागेर व्यवहारिक र प्रविधियुक्त प्रणाली अवलम्बन गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै शिक्षा समयसापेक्ष हुनु पर्ने बताउनु भयो । विद्यालयहरुले कमीकमजोरीलाई सुधार गर्दै शैक्षिक गुणस्तरीयता अभिवृद्धिका लागि निरन्तर मिहिनेत गर्नु पर्ने उल्लेख गर्नु भयो । पालिका अध्यक्ष थोकरले पालिकामा शैक्षिक गुणस्तर कायम राख्न पालिकाको तर्फबाट विभिन्न योजनाहरु सञ्चालन गरिएको बताउनु भयो ।

सो अवसरमा विद्यालयको प्रगति एवम आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेतीले प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउँदै विद्यालयलाई केही वर्षमै उदाहरण्ीय बनाइने उल्लेख गर्नु भयो । विपन्न र आर्थिक रुपमा कमजोर परिवारका बालबालिकाको शिक्षा प्राप्त गर्ने थलो सत्यश्वर मावि रहेको उहाँको भनाई थियो । समारोहमा अक्षयकोषदाता एवम समाजसेवी विदुर शर्मालाई दोसल्लासहित सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा लामोसमय शिक्षण सेवा गर्नुभएका पूर्व शिक्षकहरुको सम्मान गरिएको छ । सम्मानित हुनुहुनेमा भवानी प्रसाद वली, ईश्वर कोइराला, छत्रराज उप्रेती, तारानाथ उप्रेती, शोभित उप्रेती, शिवराम उप्रेती रहनु भएको छ । विद्यालका विद्यार्थीलाई विभिन्न प्रकृतिका छात्रवृत्ति र उत्कृष्ट एवम जेहेन्दार छात्रवृत्ति वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलमणि न्यौपानेको अध्यक्षतामा सम्पन्न समारोहमा पालिका प्रमुख हिरा कुमार थोकर, उपाध्यक्ष गायत्री आचार्य, अक्षयकोषदाता विदुर शर्मा, गाउँपालिका प्रवत्ता एवं वडाध्यक्ष नवराज खड्का, वडाध्यक्ष ईश्वर कोइराला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "सत्यश्वर माविले मनायो ६४ औँ स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*