दोलखाबाट तीन हजार ६५ जनाले एसइई दिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २६
दोलखाबाट तीन हजार ६५ जनाले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । नियमित तर्फ तीन हजार ५५ र ग्रेड वृद्धितर्फ १० जना गरी तीन हजार ६५ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । एसइई परीक्षा आगामी चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ । सो परीक्षामा दोलखाबाट ९९ सय वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठले बताउनु भयो । परीक्षामा एक खुल्लासहित ८७ सामुदायिक र ११ संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुने उहाँले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "दोलखाबाट तीन हजार ६५ जनाले एसइई दिने"

Leave a comment

Your email address will not be published.


*