दोलखामा बुद्धिचाल प्रतियोगिता हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ९
दोलखामा आगामी वर्ष आदर्श पुरुष एवं पूर्वमन्त्री स्वर्गीय भीम बहादुर तामाङको स्मृतिमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गरिने भएको छ । मंगलबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा दोलखा चेस होम नेपालले २०८० साल जेठ ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको हो ।
बुद्धिचाल खेलाडीको प्रतिभा प्रष्फुटन र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रतियोगितामा देशविदेशका खेलाडीहरु सहभागी हुने उहाँको भनाई थियो । प्रतियोगीतामा प्रथम हुने विजयी प्रतियोगीलाई नगद १ लाख, द्धितिय हुनेलाई ६० हजार र तृतिय हुने प्रतियोगीलाई ४० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने छ । भीम बहादुर तामाङ स्मृति प्रतिष्ठानका अध्यक्ष वर्मा लामाले खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताले सहयोग पुग्ने बताउनु भयो । स्व. भीमबहादुर तामाङको योगदानको प्रशंसा गर्दै उहाँ आदर्श र निष्ठाको अमर व्यक्तित्व रहेको अध्यक्ष लामाले उल्लेख गर्नु भयो । पत्रकार सम्मेलनमा भीमेश्वर नगरपालिकाका प्रमुख कमला बस्नेत र दोलखा जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष पुष्पक केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "दोलखामा बुद्धिचाल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*