सुत्केरी आमालाई फ्रिडम किट व्याग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ९
दोलखा सदरमुकाम चरिकोटमा अवस्थित च्छो–रोल्पा जनरल अस्पतालले फ्रिडम किट व्याग वितरण गर्न थालेको छ । अस्पतालमा प्रसुति सेवा लिएका सुत्केरी आमाहरुलाई पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड सहितको किट व्याग उपलब्ध गराउन थालिएको हो ।
अस्पतालमा प्रसुति सेवा लिएका आमाहरुको पाठेघरमा संक्रमण नहोस् र गुणस्तरीय जीवनयापनमा सहयोग पुगोस् भनेर किट व्याग वितरण गर्न सुरु गरिएको अस्पतालले जनाएको छ । वेलायतको फ्रिडम किट व्याग संस्थाले व्याग उपलब्ध गराएको हो ।
अस्पतालका प्रशासन प्रमुख सर्मिला बुढाथोकीले हालसम्म पाँच जना सुत्केरी आमालाई किट व्याग वितरण गरिएको बताउनु भयो । उहाँका अनुसार किट व्यागमा सुत्केरी आमा र बच्चाको स्वास्थ्य सुरक्षाको लागि उपयोगी हुने पाँच हजार बराबरको सामाग्री रहेका छन् । अस्पतालमा प्रसुति सेवा लिएका सबै सुत्केरी आमालाई एक वटाको दरले फ्रिडम किट व्याग उपलब्ध गराइने प्रशासन प्रमुख बुढाथोकीले बताउनु भयो ।

Shares

Be the first to comment on "सुत्केरी आमालाई फ्रिडम किट व्याग"

Leave a comment

Your email address will not be published.


*