नयाँ वर्षमा घुम्न आउन दोलखालीको निम्तो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २९
कोरोनाका कारण दुई वर्ष सुनसान बनेका पर्यटकीय क्षेत्रहरु नव वर्षमा चहलपहलाउने आशा गरिएको छ । कोरोनाले सुस्ताएको पर्यटन व्यवसायलाई चलायमान बनाउन विभिन्न प्रयास भइरहेको बेला नव वर्ष २०७९ मा पर्यटकीय चहलपहल बढ्ने पर्यटन व्यवसायीहरुले आशा गरेका हुन् । नयाँ वर्षको अवसर आउने पाहुनाहरुलाई आदरसत्कारका लागि आफू तयारी अवस्थामा रहेको कुरीका होटल व्यवसायी राम तामाङले सुनाउनुभयो। धार्मिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले सुन्दर कालिञ्चोक घुम्न आउने पाहुनाको लागि हाम्रो सेवा सदैव रहन्छ ।“ होटल व्यवसायी तामाङले भन्नुभयो ”नयाँ वर्षको पहिलो दिनलाई पनि विषेश बनाउन चाहेर कालिञ्चोक आउनेहरुलाई हाम्रा सेवाहरु लिन आग्रह गर्दछु । यहाँ आउन सबैलाई हाम्रो निम्तो छ । “ उहाँका अनुसार कालिञ्चोकमा अहिले पर्यटकीय गतिविधि घट्दै गएको छ । तर नयाँ वर्ष पहिलो दिन भने कालिञ्चोकको सुन्दरतामा रमाउन आउने छन्। ”हिउँ परेको बेला चिसो भएपनि कालिञ्चोकको पर्यटकीय माहोल तातिन्छ । तर अहिले गर्मी मौसम भएकोले वातावरण तातेको छ । तर पर्यटन चिसिएको छ ।“ उहाँले भन्नुभयो ”तर नव वर्षको १ गते भने पर्यटकहरु खुल्ला र सफा मौसमबाट यहाँबाट हिमाल लगायतका दृश्यको मज्जा लुट्दै केबलकार चढेर स्थानीय स्वाद चाख्दै रमाउन आउने छन् । हामी त्यसको तयारीमा जुटको छौँ ।“ हरेक नयाँ वर्षको पहिलो दिन धुमधामका साथ मनाउने परम्परा र संस्कृति नेपालीमा छ । उक्त संस्कृति अन्तर्गत घुमघाम पनि पर्दछ । तर अघिल्लो वर्षहरुमा कोरोनाको प्रभावले घर बाहिर निस्कन समेत त्रासदीपूर्ण अवस्थामा घुम्नु त कल्पना मात्र थियो । जसले गर्दा पर्यटन क्षेत्र चौपट बन्न पुग्दा यससँग आश्रित मानिसहरु बेरोजगार हुन पुगेका थिए । अहिले कोरोना महामारी हटिसकेको छ । त्यसैले पनि नयाँ वर्षमा भने पर्यटकहरु उल्लेख्य मात्रामा आउने र यसँग सम्बन्धित व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ । नयाँ वर्षको १ गते जिरी घुम्न जाने योजनाका साथ तयारी गरिरहनुभएका अरुण तामाङले नयाँ वर्षका दिन साथीहरुलाई शुभकामनाका दिदैँ घुमेर नयाँ कुरा सिक्न जिरी घुम्न लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो“ धार्मिक पर्यटकीय स्थल कालिञ्चोक, शैलुङ, चेयर्दूङ, गाईखुरा, सांस्कृतिक तथा ऐतिहासिक सहर दोलखा बजार लगायत थुप्रै ठाउँ घुम्न योग्य ठाउँ हो । तर यो वर्ष भने जिरी जाने योजना बनाएको छु ।” प्रकृति र संस्कृतिको धनी दोलखा पर्यटकीय जिल्ला हो । यहाँको हिमाल, ताल, झरना, नदी, गुफा लगायतका प्राकृतिक सम्पदा र मठमन्दिर, चैत्य, गुम्बा, चर्च, संग्राहलय, पार्क, कृत्रिम पोखरीले पनि पर्यटकलाई लोभ्याउँछ । यो समयमा त वनैभरी लालीगुराँस फुलेर पर्यटकको स्वागतका निम्ति आतुर भएका छन् । जसले गर्दा नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको आवागन बढ्ने अपेक्षा पर्यटन व्यवसायीहरुको छ ।

Shares

Be the first to comment on "नयाँ वर्षमा घुम्न आउन दोलखालीको निम्तो"

Leave a comment

Your email address will not be published.


*