बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो । क्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कांग्रेस नेता खाणलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।मंसिर १५ गते न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा राय बाझिएको थियो। न्यायाधीश खरेलले खाणलाई थुनामा पठाउनुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् ।

Shares

Be the first to comment on "बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश"

Leave a comment

Your email address will not be published.


*