शैलुङमा कविता यात्रा कार्यक्रमको आयोजना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः दोखलाका प्रशिद्ध पर्यटकिय स्थल शैलुङमा कविता यात्रा कार्यक्रमको आयोजना गरिने भएको छ । शैलुङको पर्यटन प्रबर्धन गर्न सो कार्यक्रमको आयोजना गरिने भएको हो ।
दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते शैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी शैलुुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । दोलखाको शैलुुङको पर्यटन प्रबद्र्धन गर्ने हेतुले करिब डेड दर्जन साहित्यकारको उपस्तिथिमा कबिता यात्रा हुने भएको हो ।  शैलुुङमा रचना बाचन पश्चात् साहित्यकारको टोली कालापानी रात बिताउने छ भने ६गते शैलुुङ गाउँपालिका वडा नम्बर ८ शैलुुङ वडाको आयोजनामा साहित्यिक कार्यक्रम आयोजना हुने छ । यस तिन दिनको अबधिमा साहित्यकारहरुले नियात्रा सहितका बिभिन्न बिधामा शैलुुङको प्रचारप्रसारमा कलम चलाउने छन् 

Shares

Be the first to comment on "शैलुङमा कविता यात्रा कार्यक्रमको आयोजना"

Leave a comment

Your email address will not be published.


*