मनाइयो श्रीपञ्चमी पर्व

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १२
दोलखामा बिहीबार विद्याकी देवी सरस्वतीको पूजाआराधाना गरी श्रीपञ्चमी पर्व मनाइएको छ । शिक्षक, विद्यार्थी, कलाकार, साहित्यकार, पत्रकार लगायत विद्या, बुद्धि, विवेक चाहनेहरुले विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा गरी श्रीपञ्चमी पर्व मनाएका हुन् ।
विद्या, बुद्धि र विवेक चाहनेहरुले सरस्वती मन्दिरमा गएर पूजाआराधना गर्नुका साथै आआफ्ना कला–साधनका वस्तु किताब, कापी, कलम आदिलाई सरस्वती मानेर पुजा आराधना गरेका थिए । श्रीपञ्चमीको अवसरमा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय र शिक्षालयहरुमा विषेश पूजाआजा र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठले सरस्वतीको पूजाआराधना गरे सरस्वती प्रशन्न भई विद्या, बुद्धि र विवेक प्रदान गर्ने धार्मिक विश्वासका साथ विद्यालयस्तरमा विषेश कार्यक्रम आयोजना भएका बताउनु भयो । आमाको माया छात्रावास प्रमुख गणेशकुमार प्रजाले श्रीपञ्चमीमा सरस्वती तथा किताबको पुजा गरिएको र ब्रह्मा कुमारी राजयोग उपशाखाको प्रवचन कार्यक्रमा सहभागी भएको बताउनु भयो । उहाँले विद्यार्थीहरुको लागि श्रीपञ्चमीको विषेश महत्व रहेको बताउँदै सरस्वतीको पुजा र मिहिनेत गरेर पढेमा छिट्टै बुद्धि, विवेक प्राप्ति हुने उल्लेख गर्नु भयो ।
श्रीपञ्चमीका दिन विद्यालय नपठाएका साना बालबालकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने चलन छ । विवाह, ब्रतबन्ध, नयाँ भवनमा बास लगायतका सामाजिक तथा धार्मिक शुभकार्य लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ । बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

Shares

Be the first to comment on "मनाइयो श्रीपञ्चमी पर्व"

Leave a comment

Your email address will not be published.


*