महिलालाई पञ्चैबाजा बजाउन सिकाइने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २१
दोलखाको भीमेश्वर नगरपालिका–५ मा महिलाहरुको लागि सिपमुलक पञ्चैबाजा बजाउने तालिम आयोजना गर्ने भएको छ । पञ्चै बाजाको संरक्षणसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले तालिम आयोजना गर्न लागेको हो । पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण र प्रवद्र्धन गर्दै महिलाहरुको आयआर्जनमा सघाउन तालिम आयोजना गर्न लागिएको वडाध्यक्ष वासु श्रेष्ठले बताउनु भयो । वडावासीको सल्लाहसुझाव अनुसार सांस्कृतिक र सामाजिक महत्वको पञ्चैबाजाको संरक्षणका लागि तालिम आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । तालिम लिन इच्छुक २० वर्षमाथीका ३५ वर्ष ननाघेका महिलाले एक साताभित्र वडा कार्यालयमा आवेदन दिन वडाध्यक्ष वासु श्रेष्ठले अनुरोध गर्नु भयो ।
आधुनिक बाजाका कारण ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको पञ्चैबाजा विस्थापनको खतरामा पर्न थालेको छ । डिजे तथा विद्युतिय बाजाको व्यापकतासँगै विवाह, व्रतबन्ध लगायतका शुभ समारोहमा कमै मात्र पञ्चैबाजा बजाइन्छ । पहिले पञ्चैबाजा बजाउने दलित समुदायले अहिले बजाउन छाड्ने क्रम बढेको छ । सिप हस्तान्तरण र पुस्तान्तरण नहुँदा विस्थापनको जोखिममा पर्न थालेको पञ्चैबाजा र पञ्चै बाजा बजाउने सिप जोगाएर राख्न तालिम महत्वपूर्ण हुने वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । पञ्चैबाजामा दमाहा, सनाही, ट्याम्को, ढोलकी र झ्याली गरि पाँच बाजाहरु पर्दछन् ।

Shares

Be the first to comment on "महिलालाई पञ्चैबाजा बजाउन सिकाइने"

Leave a comment

Your email address will not be published.


*