मेलुङ गाउँपालिकाको प्रवक्तामा वडाध्यक्ष खड्का

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ १६
दोलखाको मेलुङ गाउँपालिका–७ का वडाध्यक्ष नवराज खड्का पालिका प्रवक्ता हुनु भएको छ । एकद्धार प्रणालीमार्फत पालिकाको आधिकारिक धारणा तथा सूचना प्रवाह गर्न वडाध्यक्ष खड्का प्रवक्ता तोकिनु भएको हो । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम वडाध्यक्ष खड्कालाई माघ १२ गते पालिका प्रवक्ताको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिनु भयो । पालिकाको आधिकारिक धारणा तथा कार्यपालिका बैठकमा भएका निर्णयहरू एकद्धार र व्यवस्थित तवरले जनता समक्ष सार्वजनिक गर्नका लागि प्रवक्ता तोकिएको अध्यक्ष थोकरको भनाई छ । वडाध्यक्ष खड्काले विद्यमान कानुनको परिपालना गर्दै कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वासका साथ पालिका प्रवक्ता बनाइएको थोकरले बताउनु भयो । अन्य स्थानीय तहमा यसअघि नै प्रवक्ता तोकिएपनि मेलुङ गाउँपालिकाले भने बल्ल प्रवक्ता तोकेर एकद्धार सूचना प्रवाह गर्न लागेको हो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको प्रवक्तामा वडाध्यक्ष खड्का"

Leave a comment

Your email address will not be published.


*