यो बर्षको बिष्णुलक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार तामाङलाई

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) ः यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको समितिको एघारौं बार्षिक साधारणसभाको अबसरमा तामाङलाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशसभा सांसद भरत केसीले तामाङलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । समितिले हरेक बर्ष माघ १ गतेका दिन साहित्यिक क्षेत्रमा कलम चलाउने साहित्यकारलाई सम्मान पत्र सहित नगद पुरस्कार दिने गरेको छ । पत्रकार चिरञ्जीवी मास्केले आफ्नो कर्मदिने आमा बिष्णुलक्ष्मी श्रेष्ठ र जन्मदिने आमा तुलसिमाया मास्केको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नु भएको हो । सोही अबसरमा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक बर्ष प्रकाशन गर्दै आएको प्रदेय पुस्तकपनि सार्बजनिक गरिएको थियो । प्रकाशित पुस्तकमा साहित्यका बिभिन्न बिधामा लेखिएका ३८ वटा लेख रचना संग्रहित छन् । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले जिल्लामा साहित्यिक गतिबिधि सुस्ताउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य , दोलखा संस्कृति प्रतिष्ठान दोलखाका अध्यक्ष शंकरलाल श्रेष्ठ, पत्रकार महासँघका केन्द्रीय सदस्य रमेश खतिवडा , दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई , साहित्यकार जीत कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "यो बर्षको बिष्णुलक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार तामाङलाई"

Leave a comment

Your email address will not be published.


*