शिवरात्रिको अवसरमा रक्तदान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा सदरमुकाम चरिकोटमा शिवरात्रि पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक तथा सांस्कृतिक कार्य क्रियाशिल लालीगुराँस युवा क्लबले स्थित पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तसञ्चार केन्द्र चरिकोट र नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा ५ महिलासहित ६० जनाले रक्तदान गरेका थिए । रगत आपूर्तिमा कमी नहोस् भनेर महाशिवरात्रिको अवसरमा रक्तदान कार्यक्रम गरिएको लालीगुराँस युवा क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताउनु भयो । शिवरात्रि पर्वमा शिवको पूजाआराधनासँगै सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले शिवरात्रिको अवसरमा रक्तदान कार्यक्रम गर्नु प्रशसनीय रहेको बताउनु भयो । उहाँले पवित्र र असल मनले गरिएको शिवको आराधना र रक्तदानले पुन्य मिल्ने उल्लेख गर्नु भयो । मेयर मानन्धरले शिवलाई भाङ, धतुरोको प्रतिकको रुपमा देखाएर शिवरात्रिमा भक्तजनले भाङधतुरो सेवन गर्न नहुने बताउनु भयो । उहाँले महाशिवरात्रिको नाममा छाडापन र विकृतिलाई बढवा दिँदा सामाजिक मूल्यमान्यता विथोलिएर समाज अधोगतिको शिकार हुने उल्लेख गर्नु भयो । पश्चिमा देशरुको सिको गर्दै नेपाली मौलिक पराम्परा र संस्कृतिलाई कुल्चनु नहुने बताउँदै मेयर मानन्धरले र्धम र संस्कृति संरक्षणमा युवा पुस्ताले चासो दिनुपर्ने बताउनु भयो ।

Shares

Be the first to comment on "शिवरात्रिको अवसरमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*