विद्यालयमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ६
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित बुढाभिसेन माविमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा पठनपाठन गरिने व्यवसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई हस्तकला सम्बन्धी सिप विकास गराउन आयोजना गरिएको सो कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका ४ देखि ९ कक्षा सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई कक्षा ९ का विद्यार्थी आभाष वस्यालले मुढा तयार पार्ने तरिकाबारे प्रयोगात्मक जानकारी गराउनु भएको थियो । बस्यालले आमाबुबाबाट सिकेको सिप आफ्ना सहपाठी साथीहरुलाई पनि सिकाउनु भएको हो । विद्यालयका प्रधानध्यापक राजन कार्कीले विद्यार्थीहरुमा किताबी ज्ञानसँगै उद्यमशीलता, व्यवहारिक र व्यवसायिक सोच तथा सिपको विकास गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो । सिर्जनात्मक प्रतिभाको पहिचान, संरक्षण र विकास गराउन तथा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्नका लागि मुढा बनाउने तालिमले हौसला मिलेको उहाँको भनाई थियो । विद्यालयमै मुढा तयार पार्न प्रशिक्षण लिएपछि विद्यार्थीहरु आत्मनिर्भरता तर्फ प्रेरित भएका छन् । कक्षा ९ का छात्रा रजिता सुनुवारले व्यवसायिक सिप विकासका लागि विद्यालयले गरेको एक दिने कार्यक्रम पर्याप्त नभएकोले किताबी ज्ञानसँगै व्यवसायिक प्रयोगात्मक कक्षा निरन्तर सञ्चालन हुनुपर्ने माग गर्नु भयो ।

Shares

Be the first to comment on "विद्यालयमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*