हजार दिने आमालाई पोषणयुक्त सामाग्री वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ३
दोलखाको भीमेश्वर नगरपालिका-४ ले ४० जना सुनौला हजार दिनका आमालाई पोषणयुक्त सामाग्री वितरण गरेको छ । वडाले मातृशिशुको पोषण सुरक्षाको लागि बुधबार एक कार्यक्रमका बीच पौष्टिक तत्वयुक्त सामाग्री वितरण गरेको हो । हजार दिने आमा र बच्चालाई पोषणयुक्त खानाको कमी हुन नदिन एक क्रेटका दरले अण्डा, चार किलो चना, नुन, तौलिया र साबुन वितरण गरिएको हो । वडाध्यक्ष तारानाथ चौलागाईंले वडाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत हजार दिनका मातृशिशुले अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने सचेतना सहित सामाग्री वितरण गरिएको बताउनुभयो। पोषणयुक्त खानाको कमीले आमा र बच्चा दुबैलाई कुपोषणको जोखिम हुने बताउदैं वडाध्यक्ष चौलागाईंले मातृशिशुको चौतर्फी वृद्धिविकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको बताउनुभयो। कुपोषणको सिकारबाट‌ आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन दिन नहुने उहाँको भनाइ थियो। शिशु गर्भमा रहेदेखि जन्मेको दुई बर्ष सम्मको अवधिलाई सुनौलो हजार दिन भनिन्छ। यो अवधिमा उचित स्याहार र आहाराको जरुरी हुन्छ।

Shares

Be the first to comment on "हजार दिने आमालाई पोषणयुक्त सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*