हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार

चरिकोट, फागुन २

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ ।वडा कार्यालयको आर्थिक सहयोगमाजिलु साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा १२ जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई इन्द्रदेव चौलागाईँ लगायतले सहजीकरण गर्नु भएको थियो । हाते ट्याक्टरमा प्राविधिक समस्या आउँदा मर्मतसम्भारका लागि मिस्त्री खोज्नुपर्ने झन्झट अन्त्य गर्न तालिम आयोजना गरिएको सहकारी संस्थाले जनाएको छ । गाउँमै हाते ट्याक्टर मर्मत सम्भार गरी किसानहरुको समय र पैसाको बचत गराउन तालिम उपयोगी रहेको संस्थाका‌ अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बताउनुभयो।

Shares

Be the first to comment on "हाते ट्याक्टर मर्मत तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*