८४ वर्ष पुगेको खुशीमा एम्बुलेन्स वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २३
दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुाका ८४ वर्षीया चन्द्रमाया गिरीले नाम्दु स्वास्थ्य चौकीलाई ख वर्गको एम्बुलेन्स वितरण गर्नु भएको छ । गिरीले आफु ८४ वर्ष पुगेको खुसीयालीमा २७ लाखमा खरीद गरिएको एम्बुलेन्स स्वास्थ्य चौकीलाई आइतबार वितरण गर्नु भएको हो ।
ग्रामीण क्षेत्रका विपन्न नागरिकले सहजै स्वास्थ्य सेवा लिन पाउन् भनेर एम्बुलेन्स वितरण गरिएको उहाँले बताउनु भयो । गिरीले ८४ वर्ष पुगेको अवसरमा पुजापाठ गरी एम्बुलेन्स वितरण गर्नु भएको हो । एम्बुलेन्सले स्वास्थ्यमा सबै नागरिकको पहुँच अभिवृद्धि गराउने उहाँको अपेक्षा छ । बिरामी तथा घाइते व्यक्तिलाई आपतकालिन अवस्थामा उद्धार गरी अस्पताल पु¥याई जोखिमबाट मुक्त गराउन एम्बुलेन्स प्रभावकारी हुने उहाँले बताउनु भयो ।


गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईँले एम्बुलेन्स दिगो सञ्चालन गर्न इन्धन तथा चालकको व्यवस्थापनका लागि वडासंग समन्वय गरिने बताउनु भयो । एम्बुलेन्सको व्यवस्था भएपछि अस्पताल जान मंहगो खर्चमा निजी सवारी साधनको प्रयोग गर्नु पर्ने बाध्यता हट्ने भएकोल वडावासी खुशी भएका छन् । पालिकाको अधिकांश गाउँटोल सडक सञ्जालमा जोडिएको छ । जसले गर्दा गम्भिर बिरामी, घाइते र सुत्केरी व्यथाबाट ग्रसित महिलालाई पहिलेको जस्तो डोको र स्टे«चरमार्फत् अस्पताल लानु पर्दैन । चालक तथा अस्पताललाई सम्पर्क गरेपछि गाउँमै उद्धारका लागि एम्बुलेन्स पुग्ने गरेको छ ।

Shares

Be the first to comment on "८४ वर्ष पुगेको खुशीमा एम्बुलेन्स वितरण"

Leave a comment

Your email address will not be published.


*