आजदेखि दोलखामा नेपाली काँग्रेसको बागमती प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा आजदेखि नेपाली काँग्रेसको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुँदैछ । नेपाली कांगे्रसको बागमती प्रदेश प्रशिक्षण नीति तथा अनुसन्धान विभागको आयोजना तथा नेपाली कांगे्रस दोलखाको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रमको आयोजना हुन लागेको हो ।
आजदेखि सुरु हुन लागेको र प्रशिक्षण कार्यक्रममा भाग लिन बागमती प्रदेशका स्थानीय तहहरुमा नेपाली कांगे्रसबाट निर्वाचित प्रमुख ,उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु बिहिबार नैं सदरमुकाम चरिकोटमा आइपुग्नु भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रममा भाग लिन उहाँहरु दोलखा आइपुग्नु भएको हो । प्रशिक्षण कार्यक्रममा बागगती प्रदेश का नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरु ,बागमती प्रदेशका सांसद तथा दोलखाका स्थानीय तहमा निर्वाचित वडा अध्यक्षहरुले समेत भाग लिने नेपाली कांगे्रस दोलखाले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको नेपाली कांगे्रसका उपसभापति पूर्ण बहादुर खड्काले आज अपरान्ह उद्घाटन गर्ने कार्यक्रमम रहेको छ । उद्घाटन कार्यक्रममा भाग लिन उपसभापति खड्का , बागमती प्रदेशका सभापति इन्द्र बाँनिया , केन्द्रीय स्तरका नेताहरु बिहिबार दोलखाको सदरमुकाम चरिकोटमा आइपुग्नु भएको छ । बिहिबार नै उपसभापति खड्काले नेपाली कांगे्रस दोलखाको पार्टी कार्यालय अनुगमन गर्नु भएको थियो । उहाँलाई नेपाली कांगे्रस दोलखाका पार्टी सभापति बर्मा लामा सहितका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताले स्वागत गर्नु भएको थियो । पाटी कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हँुदै उपसभापति खड्काले पार्टी निर्माणमा आ आफ्नो क्षेत्रबाट काम गर्न पाटी कार्यकर्र्ताहरुलाई निर्देशन दिनु भएको थियो । अहिले कांगे्रस स्थानीय तह देखि संघसम्म ठुलो पाटी रहेको बताउदै पार्टी भित्र काम गर्ने सबै नेता कार्यकर्ताको सम्मान हुनु पर्नेमा उहाँले जोड दिनु भयो । पार्टीका नेता तथा कार्यकर्ताहरुको योगदानले नै पार्टी यहाँसम्म आइपुगेको उपसभापति खड्काको धारणा रहेको थियो । कार्यक्रममा दोलखा बाहेकका जिल्लाहरू रामेछापबाट ११ जना, काठमाडौँबाट २१ जना, भक्तपुरबाट ६ जना, ललितपुरबाट १४ जना, काभ्रेपलान्चोकबाट १६, मकवानपुरबाट ११, चितवनबाट १०, सिन्धुपाल्चोकबाट १७, नुवाकोटबाट १२, धादिङबाट १८, रसुवाबाट ७ र सिन्धुलीबाट १० जना प्रतिनिधि प्रशिक्षण कार्यक्रम सहभागी हुन दोलखा आउँदै हुनुहुन्छ ।प्रशिक्षण कार्यक्रमको उद्घाटन आज दिउँसो २ बजे बाट हुने जनाइएको छ ।

Shares

Be the first to comment on "आजदेखि दोलखामा नेपाली काँग्रेसको बागमती प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै"

Leave a comment

Your email address will not be published.


*