नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते हुने भएको छ । विहिवार सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
महासंघको केन्द्रीय समितिको बैठकले बैशाख मसान्त भित्र सदस्यता टुङ्ग्याउने तथा जेठ १९ गते देशैभर एकैपटक निर्वाचन गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको विधान अनुसार आज देखि राजधानी काठमाडौंमा महाधिवेशन हुँदैछ । महाधिवेशनमा सांगठनिक तथा आर्थिक लगायतका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य खतिवडाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते हुने"

Leave a comment

Your email address will not be published.


*