चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ७
दोलखाको सदरमुकाम चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु भएको छ । परोपकार महिला बचत तथा ऋण सहकारी लिमिटेले भीमेश्वर नगरपालिकाको समन्वयमा शनिबारदेखि तालिम सुरु गरेको हो ।
तालिमको उद्घाटन भीमेश्वर नगरपालिकाका महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा अधिकृत सुर्जा दहालले गर्नु भयो । सो अवसरमा उहाँले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि नगरपालिकाले विविध कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले महिलामाथि हुने सबैखाले हिंसाको अन्त्य गर्दै महिलाको हकअधिकार सुनिश्चित गरिनु पर्ने उल्लेख गर्नु भयो । महिलाहरुलाई दोस्रो दर्जामा राख्ने समाजको विद्यमान खराब सोचलाई त्याग्दै समान अस्तित्व र हैसियत कायम गर्न आवश्यक रहेको उहाँको विचार थियो । महिलाहरु आर्थिक रुपमा सबल भएमा हिंसा न्यूनीकरण अभियानमा टेवा पुग्ने अधिृकत दाहालले बताउनु भयो ।
सहकारी संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले शेयर सदस्य महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको बताउनु भयो । सीप एवं क्षमता विकास र अभिवृद्धिका लागि तालिम महत्वपूर्ण हुने उहाँको भनाई थियो । तालिमपश्चात् सिकेको सीपलाई उपयोग गरी उत्कृष्ट उद्यमी उत्पादन भएमा तालिमको औचित्य र प्रभाकारिता उजागर हुने उहाँले उल्लेख गर्नु भयो । तालिममा १२ जना शेयरसदस्य सहभागी छन् । सहकारीले प्रत्येक वर्ष सदस्यहरुको सीप विकासका लागि विभिन्न तालिम आयोजना गर्नुका साथै उद्यमी बन्नका लागि कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*