जनसचेतन साकोसको काठमाडौँ सेवा केन्द्र उद्घाटन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन ७
बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको जनसचेतन साकोसको काठमाडौंमा सेवा केन्द्र उद्घाटन गरिएको छ । जडिबुटीमा स्थापित सेवा केन्द्रको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले शनिबार उद्घाटन गर्नु भएको हो । सो अवसरमा उहाँले ग्रामीण क्षेत्रमा सञ्चालित सहकारीले काठमाडौँमा समेत सेवा प्रवाह गर्नु ठूलो उपलब्धि भएको बताउनु भयो । उहाँले सहकारीहरु संकटग्रस्त हुन थालेकोले सहकारी अभियान्ताहरु सचेत बन्नु पर्ने खाँचो रहेको बताउनु भयो । सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाईँले काठमाडौँका सदस्यलाई सेवा प्रवाह गर्न केन्द्र सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार काठमाडौँमा १५ हजार बढी सदस्य रहेका छन् । अध्यक्ष चौलागाईँले जनसचेतनलाई उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्न शेयर सदस्यको सल्लाहसुझावलाई अंगिकार गरिएको बताउनु भयो । उहाँका अनुसार २०७९ माघ मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड ५३ लाख २३ हजार रुपैयाँ रहेको छ । संस्थाले १ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । संस्थामा २७ हजार ५ सय ३२ जना शेयर सदस्य रहेका छन् ।

Shares

Be the first to comment on "जनसचेतन साकोसको काठमाडौँ सेवा केन्द्र उद्घाटन"

Leave a comment

Your email address will not be published.


*