‘जनताले प्रशंसा गर्छन्’

ताजा समाचारको लागि फलो गर्नुहोस ।

स्थानीय तह गठन भएको ३ बर्ष भन्दा बढि भइसकेकाे छ । स्थानीय सरकारले यो अवधीमा जनतालाई विकासको प्रत्याभूति दिलाउन भौतिक पूर्वाधारको विकासलाई विषेश प्राथमिकतामा राखेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पछ्याउँदै गाउँ–गाउँमा ‘सिंहदरबार’ पुगेको जनतालाई प्रत्याभूति दिलाउन कतिपय स्थानीय सरकार त्यस प्रयासमा लागेका छन् । यहि प्रत्याभूति दिलाउन दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ४ मालुले कस्ता कार्य सुरुवात गरेको छ ? कुन, कुन कार्य सम्पन्न भए ? अबको योजना के कस्ता छन? यि यस्तै यावत् विषयमा हाम्रो सहकर्मी इश्वर बिश्वकर्माले पालिका प्रवक्ता एवं वडाध्यक्ष होम बहादुर श्रेष्ठसँग गरेको अन्तरवार्ता ः

तपाई जनप्रतिनिधि भइसकेपछि जनतालाई कस्ता किसिमका विकासका प्रत्याभूति दिलाउन सफल हुनुभयो ? उपलब्धि के कस्ता भएका छन् ?
हामी जनप्रतिनिधि भइसकेपछि विकास निर्माणका धेरै कामहरु सुरुवात गरेका छौं । कतिपय थालनी गरेका योजनाहरु सम्पन्न भएका छन् भने कतिपय सम्पन्न हुने चरणमै रहेका छन् । त्यस्ता कामहरु गर्दा जनताले विकासका प्रत्याभूति गरेका छन्, कि जनताको समस्याको समाधान र विकास गर्ने कार्य स्थानीय सरकारले गरेको छ भन्ने प्रत्याभूति जनतामा दिलाएका छौं ।

कोभिड अस्पताल ५ सैयाको अस्पताल पनि यहि वडामा निर्माण गरिरहेका छौं ।

त्यसैगरि १५ सैया बेडको अस्पताल निर्माण पनि थालनी गरेका छौं ।

निर्वाचन ताका देखाइएका आश्वासन तथा घोषणा पत्रमा भएका कुराहरुलाई कसरी अगाडि बढाइएको छ?
विषेश गरि चुनावी समयमा जनताहरुको घरदैलोमा पुगेर भोट हाल्न अनुरोध गर्दा घोषणा पत्र पनि देखाएका थियौं । घोषणा पत्रमा भएका कार्यक्रमहरुलाई नीति तथा कार्यक्रम समावेश गरेर ति कार्यक्रमहरुलाई अगाडि बढाइएको छ । वडाको टोलटोलमा सडक विस्तार गरेका छौं । खानेपानीको सुविधा सबै घरलाई उपलब्ध गराउने कार्य निरन्तरता दिइएको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन स्वास्थ्य चौकीलाई व्यवस्थित गरिएको छ । कोभिड अस्पताल ५ सैयाको अस्पताल पनि यहि वडामा निर्माण गरिरहेका छौं । त्यसैगरि १५ सैया बेडको अस्पताल निर्माण पनि थालनी गरेका छौं । शिक्षातर्फ भन्ने हो भने, तामाकोशी गाउँपालिकाकै नीति तथा कार्यक्रममा समाहित गरेर मालुमा प्राविधिक शिक्षालय, कृषि बाली विज्ञान ३ बर्षे डिप्लोमा कक्षा गोल्मेश्वर माविमा गत शैक्षिक सत्रबाट नै सुरु गरेका छौं । सिंचाई तर्फ सबै किसानलाई पहुँच पुर्याउन सकेका छौं । त्यसलाई थप व्यवस्थित गर्न तामाकोशी पम्सेट सिंचाई आयोजना तत्कालीन मालु गाविसको सबै वडामा सुरुवात गरेका छौं । यसलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने योजना बनाएका छौं ।
पम्सेट सिंचाई आयोजना भन्नु भो । यो कस्तो आयोजना हो ?
तामाकोशी नदीमा निरन्तर पानी बगिरहेको छ । तर केहि माथिल्लो भागमा मौसमी तथा बेमौसमी खेती गर्न सिंचाईको अभाव रहेको छ । त्यस क्षेत्रमा तामाकोशीको पानी पम्सेटद्वारा तानेर क्रमिक रुपमा त्याखलसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ । जसको लागि चालु आवमा करिब ३३ लाख बजेट विनियोजन गरिएको छ । यो बर्ष क्रमिक रूपमा तामाकोशीको पानी माथिल्लो क्षेत्रमा लाने योजना रहेको छ ।

सधैं जनताको बिचमा रहेर, जनताकै सहभागिता सहित, घरआँगनबाटै विकास निर्माणका कार्यहरू गरिरहँदा आवश्यकता अनुसारको सेवा दिइरहँदा जनता खुसी छन् । सन्तुष्ट नै छन् । जनताले प्रशंसा नै गरेका छन् ।

 

दलित, महिला, अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिकको क्षेत्रमा कस्ता कार्य भए ?
लक्षित वर्गका लागि विषेश प्राथमिकताका साथ बजेट विनियोजन गरेका छौं । जसअन्तर्गत महिलाहरुलाई उद्यमी बनाउने, महिलाप्रति भइरहेका घरेलु हिंसा निराकरणका लागि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिएको छ । सीप मुलक तालिमको व्यवस्था गर्दै आएका छौं । पिछडिएका दलित समुदायको उत्थानमा पनि काम गरेका छौं । जेष्ठ नागरिकको लागि पनि तातो न्यानो कपडा, पोषिलो खानेकुरा र लट्ठी वितरण कार्यक्रम गरेका छौं ।असल छोरा बुहारी सम्मान कार्यक्रम पनि सञ्चालन गरिएको छ । त्यस्तै जनजाति तर्फ पनि उद्यमी तालिम प्रदान गरेका छौं । विषेश गरि जनजातिको संस्कृति संरक्षणका लागि कार्य भएका छन् ।

कस्ता किसिमका फाइदा र परिवर्तन ल्याए ?
लक्षित वर्गका कार्यक्रम गरिरेका नै छौं । तर हामीले आशा र अपेक्षा गरे अनुरुप उपलब्धि हासिल हुन त बाँकी नै छ । लक्षित वर्ग जुन तहमा थिए, उनिहरु केहि खुड्किलो माथि चाँहि उठेका छन् । केहि थप सहयोग पुगेको हामीले महशुस र अनुभवी गेका छौं ।

एक जनप्रतिनिधिले जनताको मन जित्ने कार्य गरिरहँदा कस्ता चुनौती व्यहोर्नु पर्दा रहेछ ? त्यसको समाधान कसरी हुदाँ रहेछन?
चुनौती त आएका छन् । जुनसुकै काम गर्दा पनि कुनै न कुनै चुनौती देखापर्ने हुन्छ । तर त्यस्ता चुनौती तथा समस्याको समाधान जनताको बिचमा नै रहेर गर्ने गरेका छौं । उदाहरणका लागि चालु आव २०७७र७८ को सडक सरसफाई योजना अन्तर्गत उपभोक्ता समिति गठनका क्रममा केहि समस्या देखा परे । केहि अराजक व्यक्तिहरुले उपभोक्ता समिति गठन गर्ने क्रममा हुलदंगा गर्ने किसिमको कुरा पनि अगाडी पनि ल्याए । त्यसलाई पनि जनताको बिचबाटै निराकरण भएको छ । र समिति निर्माण भएको छ । काम गर्ने क्रममा चुनौती त आउँछ । त्यसको न्युनिकरण र समाधान जनताबाटै हुने गरेका छन् ।

विकास निर्माणका काममा जनताको सहभागिता र सहयोग कतिको रहेको छ ?
जनताको सहभागिता बिना विकास निर्माण सम्भव छैन । स्थानीय सरकार जसले बजेट निर्माण र योजना निर्माण गर्दछौं । ति त्यस्ता योजनामा जनताको उपस्थितमा उपभोक्ता समिति निर्माण गर्दछौं । र जनतालाई नै जिम्मेवारी प्रदान गर्छौं । योजनाको सम्पन्न गर्ने काम जनताले नै गर्दछन् । सम्पुर्ण विकास निर्माणका लागि जनताको सहभागिता रहन्छ । अहिलेसम्मको उपलब्धिमा जनताको सहयोग भरपुर रहेको छ ।

चालु आर्थिक वर्षमा के कस्ता योजना रहेको छ नि ?
चालु आवमा सडकतर्फ विस्तार भएको सडकलाई मर्मतसम्भारको लागि बजेट विनियोजन गरिएको छ ।अधुरा सिंचाई योजनाहरु रहेको छ । त्यसको पुर्णताको लागि योजना रहेको छ । खानेपानीतर्फ एक घर, एक धारो योजना अबलम्बन गरेका छौं । मालुमा सभाहल, महिला सामुदायिक भवन, ३ स्थानमा खेलमैदान निर्माण गर्ने योजना रहेको छ । करिब ४० वटा योजना रहेका छन् । ति सबै उपभोक्ता समितिद्वारा नै सम्पन्न हुने छन् । यसबाट प्रत्यक्ष रुपमा जनता लाभान्वित हुने छन् ।

जनताले चाहेको विकास जनताको आवश्यकता परिपूर्तिका लागि चाहिने वस्तुहरु हुन् ।

३ बर्षको अवधिमा विकास निर्माण गरिरहँदा भनिरहँदा जनताले चाहेको विकास के रहेछ ?
जनताले चाहेको विकास जनताको आवश्यकता परिपूर्तिका लागि चाहिने वस्तुहरु हुन् ।
उदाहरणका लागि यातायात । यातायातको लागि सडक चाहिन्छ । सडक भएपछि जनतालाई सहज हुने रहेछ । खानेपानीको विकास बिना अन्य विकासको कुनै अर्थ नहुने भएकोले घरघरमा धारा पुर्याउँदा जनता खुसी हुन्छन् । घरघरमा बती हुँदा जनताले विकासको प्रत्याभूति गर्दा रहेछन् । किसानलाई सहजताको ला कि सिँचाइको परिपूर्ति हुँदा, सर्वसुलभ स्वास्थ्यसेवा, शिक्षा पाउँदा जनता खुसीका साथै विकास भएको महशुस गर्न सक्छन्
मलाई लाग्छ जनताले चाहेको विकास पनि यहि हो र हामीले पनि यहि महशुस गरेर नै काम गरिरहेका छौं ।
समाजले कति प्रशंसा गरेका छन् ?
यो प्रश्न मलाई भन्दा पनि जनतालाई सोध्नु भएको भए हुन्थ्यो । नेपाली समाजमा एउटा उक्ति प्रचलनमा छ । अरुले तपाई भतुन्नोस् कि नभनोस आफै मपाई तर त्यसो नभएर मैंले सधैं जनताको बिचमा रहेर, जनताकै सहभागिता सहित, घरआँगनबाटै विकास निर्माणका कार्यहरू गरिरहँदा आवश्यकता अनुसारको सेवा दिइरहँदा जनता खुसी छन् । सन्तुष्ट नै छन् । जनताले प्रशंसा नै गरेका छन् । सबैले राम्रो गरिरहनु भएको छ भन्ने प्रतिक्रिया आउँछ । यो प्रश्न जनतालाई गर्नु भो भने राम्रो उत्तर आउनेछ ।
पालिका प्रवक्ता पनि हुनुहुन्छ । चालु आवमा गाउँपालिकाले कस्ता योजना अघि सारेको छ?
समग्र गाउँपालिकाको कुरा गरिरहँदा पालि निय कि म तकालाई समृद्ध बनाउने योजना रहेका छन् । सबै वडाका जनतालाई प्रत्यक्ष लाभ दिने, महत्वका योजना निर्माण गरेका छौं । त्यहि अनुरुप काम हुन्छ । सो कार्यका लागि ६७ करोडको बजेट विनियोजन गरिएको छ । दिर्घकालिन फाइदा दिने योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।
अन्तिममा के भन्नुहुन्छ ?
हामीले गरेका कार्यसम्पादनको बारेमा जनतालाई सुसूचित बनाउने कार्य गरेको दीक्षण दैनिकलाई म विषेश आभार व्यक्त गर्न चाहन्छु । जनताले हाम्रा कामलाई नियालिरहेका छन् । हामीबाट केहि कमीकमजोरी हुन सक्छ । ति कमीकमजोरीलाई औंल्याईदिनुहोस् । त्यसलाई सच्याउन र सुधारका लागि जनस्तरबाट सुझाव र सल्लाहको अपेक्षा राख्दछौँ ।

Shares

Be the first to comment on "‘जनताले प्रशंसा गर्छन्’"

Leave a comment

Your email address will not be published.


*