दोलखा चिनाउने म्युजिक भिडीओ सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

समाचार चरिकोट, दोलखाका लोकदोहरी गायक अशिम कुमार कटुवालले “सुन्दर दोलखा” बोलको म्युजिक भिडीओ सार्वजनिक गर्नु भएको छ । जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्र मार्फत वर्णन गरिएको सो म्युजिक भिडीओ कटुवालले आफ्नै युटुव च्यानलमा सार्वजनिक गर्नु भएको हो । दोलखालाई चिनाउने उद्धेश्य लिइएको सो म्युजिक भिडीओमा प्राकृतिक र सांस्कृतिक दृष्टिले दोलखा सुन्दर र अब्बल रहेको उल्लेख गरिएको छ । गीतमा गायक कटुवाल, प्रदिप परियार र प्रतिमा अर्यालयको स्वर सुन्न सकिन्छ । प्रदिप परियारको शब्द, गायक कटुवालको संगीत र विष्णु तामाङको एरेन्जमा गीत तयार भएको हो । म्यूजिक भिडिओमा कुमार सुनेल, जुना कार्की, कबिता महत, दिप खतिवडा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशक गर्नु भएको थियो । गीतमा जिल्लाको पर्यटकीय, प्राकृतिक र सांस्कृतिक महत्वको चर्चासँगै घुम्नको लागि आह्वान समेत गरिएको छ । लोकगायक अशिम कुमार कटुवाल लामो समयदेखि लोकगीत संगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । गायक कटुवालले यस अघि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ ल्याउनु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा चिनाउने म्युजिक भिडीओ सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*