मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, दोलखाको भीमेश्वर नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आवको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले उपभोक्ताको मासु पसलको स्वच्छता र गुणस्तरीयता कायम राख्न मासु व्यवसायीहरुलाई उत्प्रेरित गर्ने उद्धेश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । प्रदेश तथा स्थानीय तहमा सर्शत वित्तीय हस्तान्तरित पशुपन्छी तथा मस्त्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०७९ अनुसार उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनको लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा सहभागी हुन चाहने नगर क्षेत्रभित्रका मासु व्यवसायीले नगरपालिकाको पशु सेवा शाखामा आवश्यक कागजात सहित आवेदन दिन सकिने उहाँको भनाई छ । आवेदन माघ १८ गतेसम्म दिइसक्नु पर्ने छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरभित्र रहेका मासु पसलहरुलाई गुणस्तरीय र व्यवस्थित बनाउन मासु पसल सुधार कार्यक्रमले मद्धत पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।

Shares

Be the first to comment on "मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*