पाँच वर्षे कार्य योजना निर्माण ग¥यौं –प्रमुख विनकुमार थामी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

स्थानीय तहलाई नागरिकले अनुभव गर्न सक्ने सरकारको रुपमा बुझिन्छ । अहिलेसम्म ४ ओटा बजेट बनाएका पालिकाहरु चुनावका बेला मतदातासँग गरेका प्रतिवद्धतामा अहिले कहाँ छन् । कोरोना महामारीमा कसरी काम गरे लगायतका विषयमा दिक्षण दैनिकले दोलखाका स्थानीय तहका प्रमूखहरुसँग लगातार रुपमा अन्तर्वाता गरिरहेको छ । यस अंकमा कालिञ्चोक गाउँपालिका प्रमूख विनकुमार थामीसँग सहकर्मी अर्जुन अपवादले गर्नुभएको अन्र्तवार्ताको सम्पादित अंशः

चौथो बजेट बनाउनुभयो । चुनावका बेला जनता÷मतदातासँग गर्नुभएको प्रतिवद्धता कति पुरा भए ?

कालिञ्चोक गाउँपालिकामा बजेट निर्माण गर्दा २÷३ ओटा पक्षमा ध्यान दिएका छौं । पहिलो सरकारको चौंधौं योजनासँग तालमेल हुनेगरि पालिकाको बजेट निर्माण गरेका छौं । चुनावका बेला निर्माण गरिएको घोषणापत्रका आधारमा पनि बजेट निर्माण गरेका छौं ।

 योजना बैङकबनाउने कुरा पनि थियो बजेटमा ?
बजेट निर्माणको सुरुमा हामीले प्रोफाईल बनायौं । यसमा नाम्सालिङ संस्थाले सहयोग ग¥यो । यसले गर्दा पालिकाको यथार्थ अवस्था चित्रण भयो । यसपपछि हामिले आवधिक योजना निर्माण ग¥यौं । पाँच वर्षे कार्ययोजना निर्माण ग¥यौं । यससँगै हामीले योजनाको प्राथमिकिकरण गरेर योजना बैङक बनायौं । यसमा छोटो समयमा पुरा हुने र लामो समय लाग्ने भनेर योजना छुट्याइएको छ । छोटो समयमा पुरा हुने योजनाहरु पुरा भएका छन् । लामो समय लाग्ने योजनाहरुमा काम भईरहेको छ ।

नागरिकको कुरा सुन्दा त तपाँईहरु प्रचारप्रसारमा मात्र केन्द्रित भएको र काम नभएको भन्ने सुनिन्छ नि ?
हामी आउँदाखेरी हामीसँग धेरै कुराको समस्या थियो । हामीसँग नीति नियम थिएन । त्यसमा काम गर्नुप¥यो । पहिलो वर्षमा हामीले त्यसमा काम ग¥यौं । कर्मचारीको समस्या थियो । दोश्रो वर्ष हामीले त्यसमा काम ग¥यौं । तेश्रो वर्षमा हामीलाई कोरोनाले ग्रसित बनायो । यि कुराले गर्दा पनि कतिपय योजनाहरु हामीले भनेअनुसार गर्न सकेका छैनौं । अर्को कुरा योजना निर्माण गर्दा तल्लो तहका नागरिकको पनि कुरा सुन्नुपर्ने अनि माथि सरकारको प्राथमिकता पनि हेर्नुपर्ने भएपछि लोकप्रिय÷कर्णप्रिय कार्यक्रम पनि गर्न नसकेको अवस्था छ । त्यसमा कसरी काम गर्ने भनेर हामी लागिरहेका छौं । यस वर्ष हामी थप बजेटसहित अगाडि बढेका छौं ।

अघिल्लो वर्षको नीति तथा कार्यक्रममा नै पालिकामा अमिलो जातमा लाग्ने रोग चाइनिज सिट्रस रोकथामका लागि काम गर्ने भन्ने कार्यक्रम राखिएको थियो । अहिलेसम्म त्यसमा कुनै काम भएको छैन नि ?

अघिल्लो वर्षमा नीति तथा कार्यक्रममा राखेपनि त्यसमा बजेट विनियोजन गर्न सकिएको थिएन । यो वर्षचाँहि हामी त्यसका लागि काम गर्छौ ।

तपाँईले बजेट कार्यान्वयन गर्न नसकिएकोमा विभिन्न कारणहरु भन्नुभयो । तर ति कारणभन्दा जनप्रतिनिधीहरुबिच भईरहेको केन्द्र विवादले पो काम गरिरहेको छ हैन ?

गाउँपालिकाको केन्द्रको विषयले पनि घर गरेको छ । निर्वाचनपछि स्थायी संरचना बनाउनका लागि निश्चित ठाउँ त चाहियो । अहिले अस्थायी रुपमा चलाइएको छ । स्थायी रुपमा बनाउनका लागि जुन किसिमले हामीले प्रयत्न ग¥यौं त्यसले पनि केहि त घर गरेको छ । गाउँपालिकाको केन्द्रले मात्रै यो समस्या आएको हैन ।

कोरोना महामारीको बेला गाउँपालिकाले कसरी काम ग¥यो ?
जसरी कोरोनाले विश्व च्याप्प समाएर विश्वलाई नै दूख दिईरहेको छ । यसै सन्दर्भमा हाम्रो पालिकाका धेरै नागरिकहरु भारत तथा तेश्रो मुलुकमा बस्ने । सुरुमा सरकारले बनाएको क्वारेन्टाईनको कार्यविधि त्यो नै अलिकति गाह्रो खालको थियो । सेनाले हेर्नपर्ने । सेनाले खाना व्यवस्थापन गर्नपर्ने । कम मानिसमा हुँदा मात्रै त्यो गर्न सकिन्थ्यो । हाम्रामा त गाडिका गाडि नागरिक आउने । त्यसरी सुरक्षा दिन नसकिने नै भयो । सुरुमा हामीले भारतमा रहेका नागरिकको तथ्याङकसंकलन ग¥यौं । त्यसपछि काठमाण्डौ र भारतबाट नागरिकहरु ल्याउन लागियो । काठमाण्डौबाट आएका नागरिकलाई क्वारेन्टिाईनमा राखेनौं । किनभने त्यहाँ संक्रमण फैलिइसकेको थिएन ।
भारतबाट आउनेलाई चाँहि हामीले बनाएको क्वारेन्टाईनमा राख्यौं । त्यतिखेर गाडी पनि नपाइने । पाइएको पनि महंगो हुने । सुरुमा नागरिकले क्वारेन्टाईन बनाउने ठाउँमा पनि अवरोध गर्ने । हाम्रा टोलमा राख्नु हुन्न । हाम्रा गाउँमा नबनाउन भन्ने गुनासा पनि व्यापक रुपमा आए । पछिल्लो समयमा जुन वडाका नागरिकहरु हुन त्यहिँको विद्यालयमा व्यवस्थापन गरियो । पछि यो रोग केहि होईन भन्नका लागि आरडिटी र पिसिआर परिक्षणहरु गराइयो । बेलाबेलामा केहि न केहि महामारीहरु आउँछन् । तिबाट जोगिनका लागि पूर्वतयारी भयो भने राम्रो हुन्छ । जहिले आइप¥यो त्यतिबेलै काम गर्दा त कठिन हुन्छ । यो विपदको अवधीमा काठमाण्डौबाट ३ हजार ५ सय जति र भारतबाट १ हजार ७ सय नागरिकहरुलाई हामीले गाउँ ल्याउनुप¥यो ।

गाउँ आएका नागरिकहरु धेरैको रोजगार गुमेको अवस्था छ । उहाँहरुलाई गाउँमै रहने वातावरण निर्माणका लागि पालिका के गर्दैछ ?
पालिकामा ९ ओटा वडा छन् । सबै वडामा तरकारी उत्पादन, मासुजन्य पदार्थ उत्पादन तथा दूग्धजन्य पदार्थ उत्पादनका लागि कार्यक्रमहरु लागु गरेका छौं । उहाँहरुले बाहिर कमाएजत्तिकै रकम त उपलब्ध नहुन सक्छ तर जीवीको पार्जनका लागि हामी काम गरिरहेका छौं ।

कालिञ्चोक गाउँपालिका बाढि पहिरो लगायतका विपदको जोखिममै रहेको क्षेत्र हो । कोरोनासँगै अन्य विपदमा जोगिनका लागि के गरिरहेको छ ?
अहिले पनि विभिन्न वडामा गरेर २० घरधुरीजति पहिरोका कारण विस्थापित भएको अवस्था छ । हामीले विपद जोखिम पूर्वतयारी कार्ययोजना हामीले तयार गरेका छौं ।
यसमा विपद हुन सक्ने क्षेत्रहरुको पहिचान गरिएको छ । पालिकास्तरमा र वडास्तरमा विपदका बेला काम गर्ने विपद व्यवस्थापन समितिहरु निर्माण गरिएको छ ।
एउटा कोष निर्माण गरिएको छ । यसमा गत वर्ष हामीले २५ लाख रकम राखेका थियौं ।
यस वर्ष पनि २५ लाख नै रकम विनियोजन गरेका छौं । यसमा पालिका, नागरिकहरु सबैजना मिलेर काम गर्न सकिने रैछ । पालिकामा बाढिपहिरो मात्रै हैन चट्याङ्ग, आगलागी लगायतका विपदको जोखिम पनि छ ।

अहिलेसम्म गरेको काममा सन्तुष्ट हुनुहुन्छ ?
काम गर्न त धेरै नै बाँकि छ । लामो समयसम्म स्थानीय तहमा निर्वाचन नभईरहेको एउटा सिलसिलाबाट फरक सिलसिलामा फड्को मारिरहेको, फरक सिलसिलामा पनि हामी विल्कुल नयाँ व्यवस्थामा आएका छौं । हामीले व्यवस्था परिवर्तन गरेका छौं तर अवस्था परिवर्तन गर्न सकेका छैनौं ।
अव हामीले व्यवस्थासँगै अवस्था परिवर्तन गर्नुपर्छ । शिक्षाको क्षेत्रमा, कृषिको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा । त्यसका लागि हामीले गर्नुपर्ने काम धेरै छन् । हामीले पहिलो इँटा राख्ने काम गरेका छौं । यो पुरा भएको छैन ।
विकास पुरा हुने कुरा पनि हैन । निरन्तर भईरहने प्रकृयामा छ । हामीले आफ्नो घोषणापत्रमा लेखेका कुराहरुमा टेकेर हामी अगाडि बढिरहेका छौं । केहि बाँकि रहेका कुराहरु आगामी आउने नेतृत्वले पुरा गर्नुपर्नेछ । सबै पुरा भएको छैन । हामीले गर्नुपर्नेछ ।

Shares

Be the first to comment on "पाँच वर्षे कार्य योजना निर्माण ग¥यौं –प्रमुख विनकुमार थामी"

Leave a comment

Your email address will not be published.


*