दलित समुदायको पेशा अपहरणमा परेको भन्न मिल्दैन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चिनको वुहानमा पहिलो पटक देखा परेको नोबेल कोरोना भाइरस (कोभिड १९) नेपाल हुँदै दोलखा जिल्लामा समेत प्रवेश गरिसकेको छ । जसले गर्दा दशैंमा पनि व्यापार व्यवसाय सोचेजस्तो हुन सकेको छैन । गत वर्षहरुकाे दशैँ नजिकिदैँ गर्दा  बजारमा किनमेल गर्नेको भिड नै लाग्थ्यो । त्यसमा पनि कपडा व्यवसायी र टेलर्स सञ्चालकहरुलाई त भ्याइनभ्याइ हुन्थ्यो । आम्दानी पनि आकर्षक हुन्थ्यो । तर यो बर्ष कोरोनाका कारण कपडा तथा सिलाई व्यवसायीहरु अति नै मारमा परेका छन् । यस्तो अवस्थामा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाले के गरिरहेको छ ? अब व्यवसायीको आम्दानी बढाउन के गर्नुपर्ला ? यी यस्तै यावत् विषयमा हाम्रा सहकर्मी इश्वर बिश्वकर्माले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाका अध्यक्ष ईश्वर नेपालीसँग गरेको अन्तरवार्ता ः

कपडा तथा सिलाई व्यवसायी संघ भनेको के हो ? यसको उद्देश्य केहो ?

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भनेको जिल्ला भरि रहेका टेलर्स तथा कपडा व्यवसायीको छाता संगठन हो । जसले व्यवसायीको हितमा काम गर्दछ । व्यवसायीको क्षमता अभिवृद्धि गरि थप जुझारु र व्यवसायिक बन्न यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । मुलतः कपडा तथा सिलाई व्यवसायभित्र रहेका मुलभूत समस्याहरुको पहिचान गर्दै समाधान गर्नु र आवश्यकता परिपूर्तिका लागि पहल गर्नुका साथै उनीहरुको हक अधिकारका सवालमा आवाज उठाउनु मुख्य उद्देश्य हो ।

यो संघले अहिले कसरी काम गरिरहेको छ ?

स्थानीय तहको स्थापना भएपछि सहकार्यका साथ विभिन्न कार्यक्रम र काम सम्पन्न गर्ने योजना बनाएका छौं । विभिन्न जेन्स तथा लेडिजको तालिम पनि उपलब्ध गराइ रहेका छौं, भने गराउने पनि छौं । ७ महिना जति भयो केहि कार्यक्रम पनि गर्न सकिएको छैन । तर यो बिचमा एकपटक मास्क बनाउने तालिम सञ्चालन गरेका थियौं । यसप्रति युवाको थप आकर्षण बढाउन प्रत्येक स्थानीय तह र यस संघको नेतृत्वमा हरेक तालिम वर्ष गरिन्छ । तर यो बर्ष कोरोना कारण गर्न सकिएको छैन । सहज परिस्थिति रहेमा हामी त्यस्ता तालिमको आयोजना गर्ने छौं ।

जिल्लामा सीप सिकेर र तालिम लिएर यो पेशामा आबद्ध हुने पछिल्लो समय बढेका हुन् ?

हिजो चाँहि परम्परागत रूपमा गर्दै आएका पुर्खाहरुबाट यो सीप सिक्थे र उनिहरूले मात्र व्यवसाय गर्नु भाथ्यो । तर अहिले त थोरै लगानी गरेर यो व्यवसाय गर्दा आम्दानी पनि आकर्षक हुने भएकोले विभिन्न संघसंस्था मार्फत तालिम सिकेर यो व्यवसाय गरेका छन् ।

यसलाई त्यसरी लिन मिल्दैन ‌। अहिले जुन समुदाय, जातिले जुनसुकै पेशा अवलम्बन गर्ने स्वतन्त्रता रहेको छ । हाम्रो समुदायकाले पनि यहि पेशा नगरी अन्य पेशा व्यवसाय गरेका छन् । हिजो एउटा बालीघरे प्रथा प्रथा थियो । जसमा यो काम गरेबापत ज्याला स्वरूप अन्नबाली लिने प्रचलन रहेको थियो । तर अहिले त्यो प्रथा हटिसकेको छ । अहिले व्यवसायिक बन्न थालेसँगै ज्याला स्वरूप अन्नबाली हैन पैसा लिइन्छ । त्यसैले पनि सानो लगानीमा यो व्यवसाय गर्न सकिने भएकोले सबैले गर्न सक्छन् । काम गर्न कुनै सम्प्रदाय कुनै जात भन्ने हुदैन ।  १८ औं शताब्दीको जस्तो एउटै मात्र समुदायले यो पेशा गर्नुपर्छ भन्ने हुदैन । दलित समुदायको पेशा अपहरणमा परेको भन्न मिल्दैन ।

संघमा पुरुषको सदस्यता बढि छ कि महिलाको ?

राम्रो प्रश्न । संघबाट ६ सय १९ जनाले सदस्यता लिएका छन् । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष टेलर्स र कपडा व्यवसायी रहेका छन् । अर्थात् जिल्लामा टेलर्स व्यवसायी पुरुषको तुलनामा महिला धेरै रहेका छन् । न्युनतम २० हजारको लगानीमा एउटा सिकाइ मेसिन, एउटा कैंची भएपछि यो व्यवसाय गर्न सकिन्छ । आम्दानी पनि गर्न सकिन्छ त्यसैले महिला यसप्रति आकर्षित भएका छन् ।

नेपालमा अहिले फेसन कस्तो चलेको छ ?

जेन्सको त खासै नयाँ डिजाइन आउदैन । परिवर्तन हुन धेरै समय लाग्छ । लेडिजहरुको चाँहि महिना पिच्छे परिवर्तन हुन्छ । विभिन्न किसिमका आधुनिक फेसन डिजाइनको तालिम जसले लिन्छ त्यहिअनुसारको फेसन आउने गरेका छन् ।

कुनै समय यो पेशालाई दलित समुदायको मात्र भनिथ्यो । तर अहिले सबै समुदायले गर्न थालेका छन् । यो पेशा गैरदलितबाट अपहरणमा परेको हो ?

यसलाई त्यसरी लिन मिल्दैन ‌। अहिले जुन समुदाय, जातिले जुनसुकै पेशा अवलम्बन गर्ने स्वतन्त्रता रहेको छ । हाम्रो समुदायकाले पनि यहि पेशा नगरी अन्य पेशा व्यवसाय गरेका छन् । हिजो एउटा बालीघरे प्रथा प्रथा थियो । जसमा यो काम गरेबापत ज्याला स्वरूप अन्नबाली लिने प्रचलन रहेको थियो । तर अहिले त्यो प्रथा हटिसकेको छ । अहिले व्यवसायिक बन्न थालेसँगै ज्याला स्वरूप अन्नबाली हैन पैसा लिइन्छ । त्यसैले पनि सानो लगानीमा यो व्यवसाय गर्न सकिने भएकोले सबैले गर्न सक्छन् । काम गर्न कुनै सम्प्रदाय कुनै जात भन्ने हुदैन ।  १८ औं शताब्दीको जस्तो एउटै मात्र समुदायले यो पेशा गर्नुपर्छ भन्ने हुदैन । दलित समुदायको पेशा अपहरणमा परेको भन्न मिल्दैन ।

जिल्लामा यो पेशा गर्ने कालिगडको अभाव रहेको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कपडा सिलाउने कालिगड अन्य देशबाट झिकाउनुपर्ने अवस्था रहेको छ । त्यसैले पनि पछिल्लो समय यो व्यवसायमा धेरैको आकर्षण बढेको छ ।

गैरदलितले धेरै लगानी गरेर यो व्यवसाय गर्दा आम्दानी पनि धेरै गर्न सक्छन् । पूँजीको अभावमा परम्परागत ढंगले व्यवसाय गर्ने दलित समुदायलाई त नराम्रो असर पारेको छैन र ?

गरिब र धनि बिच भिन्नता त भइहाल्छ । सीप भएको मान्छेसँग लगानी गर्ने पैसा हुदैन । लगानी गर्न सक्नेसँग सीप हुदैन । अहिले त मान्छेको चलन यस्तो छ कि कुनै पनि टेलर्समा कपडा छ भने मात्र जाने । हैन भने हिजोकोजस्तो बाहिरबाट कपडा किनेर टेलर्समा सिलाउन जाने चलन हराइसकेको छ । किनकी मान्छे सुखी जीवन बिताउन चाहन्छ । जुन टेलर्समा कपडा छ । त्यही किने त्यहिँ सिलाउन अर्डर दिने प्रचलन रहेको छ । जसले गर्दा टेलर्स मात्र सञ्चालन गर्नेलाई यसले निकै नकारात्मक असर पर्छ । अलिकति पुँजीपति मानिसले टेलर्ससगैं कपडा व्यवसाय गर्छन् । उनिहरुलाई त फाइदा नै भएको छ । हाम्रो चाहना के हो भने हिजोका दिनमा परम्परागत हिसावले सिलाई गरी आएका मानिसहरुले बिस्तारै आफ्नो पेशालाई परिमार्जन गर्दै, आधुनिकीकरण गर्दै जानुपर्छ । फेशनको नयाँनयाँ ट्रेन्ड भित्रिँदै छ । त्यही अनुरुप उहाँहरुले पनि आफ्नो सिप र क्षमतालाई अभिवृद्धि गर्नुपर्छ । त्यसका लागि संघले सहजीकरण र सहयोग गर्ने गरेको छ ।

कोरोना कहरमा कपडा व्यवसायी तथा टेलर्स सञ्चालकलाई कस्तो प्रभाव पारेको छ ?

हिजोको भन्दा आजको अवस्था त नाजुकै रहेको छ ।किन भने लकडाउनमा व्यवसाय खोल्न पाइएन भन्ने चिन्ता थियो । अहिले खोलिसकेपछि पनि व्यापार छैन् । नयाँ व्यवसाय सुरु गरेकालाई त यसले चुर्लुम्मै डुबाएको छ । भाडा तिर्न र स्टाफ खर्च व्यवस्थापन गर्न मात्र होइन कतिपयलाई त खानै पनि समस्या परेको छ । कोरोनाको कारण २० प्रतिशत पनि व्यापार हुन सकेको छैन । दशैं नजिकिँदै गर्दा व्यापार चम्किथ्यो तर यो बर्षको दशैंमा व्यवसाय चौपट बनेको छ । हाम्रो व्यावसाय विद्यालय कलेज सञ्चालन हुँदा, विवाह ब्रतबन्ध, कार्यक्रम हरु हुँदा चल्ने हुन् । तर त्यो कोरोनाको कारण भएको छैन् । व्यापार पनि हुने कुरा नै भएन । कतिपय त पलायन हुने अवस्थामा पुगेका छन् ।

कोरोनाले यो व्यवसाय थला नै परेको छ । अब कसरी उठ्न सकिन्छ ?

स्थानीय सरकारले पनि व्यवसायीहरुको घरबेटीहरुसंग समन्वय गरेर कम्तीमा पनि एक महिनाको भाडा छुट हुने व्यवस्था बनाइदिनुपर्छ । बैंक तथा सहकारीबाट ऋण लिएर लगानी गरेकालाई ब्याजमा छुट दिएर थप लगानी गर्ने वातावरण मिलाईएको खण्डमा राम्रो हुन्थ्यो। राम्रो सँग व्यापार हुन चाँहि खोप नै पत्ता लाग्नुपर्छ ।

Shares

Be the first to comment on "दलित समुदायको पेशा अपहरणमा परेको भन्न मिल्दैन"

Leave a comment

Your email address will not be published.


*