हाते ट्रयाक्टर वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकमा किसानहरुलाई हाते ट्रयाक्टर तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई कुखुराका चल्ला वितरण गरिएको छ । बिहिवार सो सामग्रीहरु वितरण गरिएको हो ।
बिहिवार एक कार्यक्रमको आयोजना गरी ६ जना किसानहरुलाई हाते ट्रयाक्टर तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई कुखुराका चल्ला वितरण गरिएको भीमेश्वर नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुलाई १२ वटा लोकल कुखुराका चल्ला, १० केजी दाना तथा भीटामिन समेत उपलब्ध गराइएको वडाध्यक्ष थामीको भनाई रहेको छ । सो सामग्रहीहरु भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले वितरण गर्नु भएको वडा नम्बर एक वडा कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "हाते ट्रयाक्टर वितरण"

Leave a comment

Your email address will not be published.


*