हार्डवेयर व्यवसायी संंघले बुझायो ज्ञापन पत्र

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः दोलखा हार्डवेयर व्यवसायी संघले बिहिवार जिल्ला समन्वय समितिमा ज्ञापन पत्र बुझाएको छ । जिल्लामा सञ्चालित विकासका आयोजनाहरुमा जिल्ला भित्रैका हार्डवेयर बाट सामग्री खरिद गर्न माग गर्दै सो ज्ञापन पत्र बुझाएको हो ।
जिल्लामा रहेका स्थानीय निकाय तथा सरकारी कार्यालयहरुले विकास निर्माणका काममा जिल्ला बाहिरबाट सिधै सामान ल्याउने गरेकोमा आफूहरु पनि प्रतिस्पर्धी मूल्यमा सामान दिन तयार रहेको विज्ञप्तिमा जनाइएको छ । विकास निर्माणका कार्यहरुमा जिल्लाभित्रकै हार्डवेयरबाट सामग्री खरिद गर्न माग गर्दै यो मागको बेवास्ता गरिएमा जिल्ला बाहिरबाट सामग्री ल्याउन अबरोध गरिने चेतावनी दोलखा हार्डवेर ब्यावासायी संघका अध्यक्ष रामकृष्ण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Shares

Be the first to comment on "हार्डवेयर व्यवसायी संंघले बुझायो ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*