कार्यशाला गोष्ठी सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

रामेछाप (दीस)ः सदरमुकाम मन्थलीमा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२को नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने सुझाव संकलन गर्न सो कार्यशाला गोष्ठी बिहिवार सम्पन्न भएको हो ।
बागमती प्रदेशका अर्थमन्त्री प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतको उपस्थिति रहेको सो कार्यशाला गोष्ठीमा विभिन्न स्थानीय तहहरुको तर्फबाट सुझाव प्रस्तुत गरिएको कार्याशाला गोष्ठीमा सहभागी भीमेश्वर नगरका प्रबक्ता तारानाथ चौलागाईंले जनकारी दिनुभयो । कार्यशाला गोष्ठीमा रामेछाप र दोलखा जिल्लाका जिल्ला समन्वय समितिका संयोजक स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, योजना शाखा प्रमुखहरु लगायत को सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "कार्यशाला गोष्ठी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*