२८ औं स्थापना दिवस मनाइयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः हाम्रो जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिंको २८ आँै स्थापना दिबस सदस्यहरुसँग अन्तरक्रिया गरी मनाइएको छ । सोमबार हाम्रो जन कल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ््नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले उद्घाटन गर्नुहुदैँ सहकारीले आय आर्जनमा लगानी गर्न सुझाब दिनु भयो । संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवसराज खडकाले दोलखामा हाल सहकारीले १३ अरब पुँजी परिचालन गरिरहेको बताउनु भयो । हाल सम्म सुशासनका कारण दोलखाका सहकारी सुरक्षित रहेको दाबी गर्नु भयो । जिल्ला सहकारी सँघ दोलखाका अध्यक्ष देवी प्रसाद फुयालले जिल्ला सहकारी संघले दोलखाका सहकारीमा सुशासन अभियान चलाएको बताउनु भयो । कार्यक्रममा बचतसंघ दोलखाकी सचिब सर्मिला सापकोटा , नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति ईश्वरी दाहाल लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थामा आबद्ध रहेका ८० बर्ष माथिका सदस्यहरु ,आवाज नेपालकी संञ्चालक सिर्जना कार्की , दोलखाका ५ जना संञ्चारकर्मी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष राजन श्रेष्ठले शेयर सदस्यको बचत संकलन गरी ऋण परिचालनमा मात्र सीमित नभई संस्थाका सदस्यलाई आत्मनिर्भरताका लागि उद्यमी बनाउने अभियानमा रहेको बताउनु भयो ।हाम्रो जन कल्याण बचत तथा ऋणसहकारी स्थापना २०५४ साल बैसाख १७ गते भएको थियो । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस सकोसमा हाल ११ हजार सदस्य रहेको तथा चैत्र मसान्तसम्म ६६ करोड ३७ लाख बचत निक्षेप रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनु भयो ।कार्यक्रममा उद्यमी शेयर सदस्य, पूर्वसञ्चालक तथा सञ्चालक सदस्यहरु, सल्लाहकार र उपसमिति सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । यस अवधिमा संस्था पाँच वटा अन्य सहकारी संस्थाहरुसँग एकीकृत भएको छ भने एउटा सेवा केन्द्र र दुई वटा नगद संकलन केन्द्र मार्फत जिल्लाभरी आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

Shares

Be the first to comment on "२८ औं स्थापना दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*