अब चरिकोटमा पनि न्यूरोड

चरिकोट(दीस) – टोल सुधार समितिको वैठकले सातदोबाटोदेखि बसपार्कसम्मको सडकलाई न्यूरोड राजमार्ग राखेको छ । भर्खर कालोपत्रै भएको र सहर निर्माण गर्नको लागि राजमार्गको नयाँ नामाकरण गरेको टोल सुधार समितिका अध्यक्ष राजन थापाले बताए ।
जनता जाग्दै
भीमेश्वर नगरपालिकाका वडा नं. ३ र ६ का नागरिक फोहोमैला व्यवस्थापन गर्न आफै जुट्न थालेका छन् । भीमेश्वर नगरपालिका वडा नं. ३ बाट शुरु भएको सरसफाई अभियानले चरिकोट बजारभरी तीव्रता पाएको छ । हाल यस अभियानलाई नगरपालिकाका वडा नंं. ३ का अध्यक्ष हरिशरण शिवाकोटी र वडा नं. ६ का वडा अध्यक्ष नविन लामाले साथ दिएका छन् । हालसम्म १० वटा सुधार समिति गठन भईसकेका छन् । शनिबार सातदोबाटोबाट बसपार्कसम्मका नागरिकहरु भेला भएर टोल सुधार समितिको गठन भएको छ । टोल सुधार समितिको वैठकमा बोल्दै वडा नं. ६ का वडाध्यक्ष नविन लामाले सरसफाई अभियानलाई नगरपालिकाले नागरिकसँगै सहकार्य गरेर अगाडी बढाउन चाहेको बताए । सरसफाई अभियानलाई साथ नदिने नागरिकलाई नगरपालिकाले सिफारिस दिन रोक लगाउने पनि उनले बताए । त्यसैगरी वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले सबै नागरिकको सहकार्यले मात्रै नगर सरसफाई हुने बताए । सरसफाई अभियानलाई नगरपालिकाले तीव्रता दिएको पनि उनले बताए ।
थापाको अध्यक्षतामा नयाँ टोलसुधार समितिः
बसपार्कदेखि सातदोबाटोसम्मको राजन थापाको अध्यक्षतामा नयाँ टोल सुधार समितिको गठन गरिएको छ । समितिको सचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा राधिका बस्नेत , सदस्यहरुमा– उपेन्द्र सुवेदी, पाण्डव पाण्डे, रामकृष्ण तामाङ, मखन पाण्डे, राजिव कार्की, मानबहादुर लामा, सुन्दोर्जे लामा, चेतमाया कार्की, सीता सुवेदी, श्रीकृष्ण थापा रहेका छन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "अब चरिकोटमा पनि न्यूरोड"

Leave a comment

Your email address will not be published.


*