अभिभावक बिहिन बालबालिकाहरुलाई झोला बितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाका अभिभावक बिहिन अनाथ असाहय गरिब ,बिपन्न र जेहेन्दार २५ जना बालबालिकाहरुलाई स्टेशनरी तथा झोला बितरण गरिएको छ । दोलखा जिल्ला भिमेश्वोर नगरपालिका वडा न ७ का बाल अधिकारकर्मी राजन बस्नेतले सनिवार एक कार्यक्रमको आयोजना गरी झोला तथा स्टेशनरी बितरण गरेका हुन । जिल्ला बाल सन्जाल दोलखाका संस्थापक अध्यक्ष रहेका बस्नेतले एक बर्ष देखी कार्यक्रममा गएको खाजा ,भत्ता र पुरस्कारबाट आएको रकमले बालबालिकाहरुलाई झोला तथा स्टेशनरी बितरण गरेको बताए । बालबालिका भनेको राष्ट्र निर्माण को आधार भएको भन्दै उनिहरुमा लगानी गरेमात्र देश समृद्धि तर्फ अगाडि बढ्ने बताउँदै बालबालिकाहरुको हक, अधिकार , संरक्षण गर्ने दायित्व सबैको रहेको हुनाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न आग्रह समेत गरे । उनले आफु बाल सन्जाल दोलखाको अध्यक्ष हुँदा पनि अभिभावक बिहिन बालबालिका र असाहय बालबालिकाहरुलाई सहयोग गरेको स्मरण गर्दै बाल बिबाह , बाल श्रम तथा अपांग बालबालिकाहरुलाई आपाङ कार्ड बनाउन समेत सहयोग गरेको जानकारी दिए ।

Shares

Be the first to comment on "अभिभावक बिहिन बालबालिकाहरुलाई झोला बितरण"

Leave a comment

Your email address will not be published.


*