आफै सचेत हौऊ

खेलकुदले अवको मानिसको अभिन्न अङगको रुपमा विकास भएको छ । संसारमा खेलकुद सवैको चासोको रुपमा बिकसित भएको छ । संसारभर खेलकुद स्वास्थ्य सँग जोडिन थालिएको छ । विकसित प्रबिधीको विकास सँगै मानिसका व्यस्यताको कारण शारिरिक अभ्यास कम कारण रोगी बन्दै गएको कारण खेलकुद माध्यमबाट स्वस्थ्य बन्ने अभियान संसारबाट सुरु भएको छ । पछिल्लो पूस्तामा खेलकुद जीवनको अभिन्न अङगको रुपमा विकसित भएको छ । खेलकुद अव राष्ट्रको गौरवको रुपमा विकास भएको छ । खेलकुदको माध्यमबाट राष्ट्रको नाम संसारभर प्रचार हुने गर्दछ ।
फुटबलको माहाकुम्भ विस्वकप फुटबल रसियाबाट शुरु भएको छ । खेलाडीहरु आफनो देशको लागि गौरव गाथा कोर्न आफ्नो ज्यानको वाजी राखेर आफनो कौसल प्रर्दशन गर्न तलिन रहन्छन । संसारमा विस्वकप फुटबल विस्वभर सवैभन्दा लोकप्रिय खेल हो । सवै बुझ्ने खेलको रुपमा विकास भएको छ । सवै चासोको रुपमा यस ४ बर्षमा शुरु हुने यो खेलको कारण विस्व राजनिति शान्त भएको छ । त्यसको उदाहरणको रुपमा आयोजक राष्ट्र रसियाका राष्ट्रपति भालादिरिम पुटिनले अर्जेटिनाका खेलाडी मेसी विनाको यो विस्वकप अधुरो हुने अभिब्यक्तिले बुझ्न सकिन्छ ।
विस्वकप फुटबलले हाम्रो मुलुकमा अहिले टोल टोलमा छोएको छ । त्यसको नसाले सामाजिक संन्जालका वालहरु रङगिएका छन । आफनो सपोटर राष्ट्रको खेलकुदको भेष्टका तस्वीर रङगिएको छ । हाम्रो समाज विस्वकप टोलमा गएर साथी जम्मा भएर हेर्ने चलन विकास भएको छ । अहिलेको पुस्ता बढदो चलन कहिले काँही दुर्घटनामा परिणत भएका छन ।कोठा बाट बाहिर निस्कदा घर चोरी जस्ता अप्रिय घटना भएका छन । अर्को विकास भएको प्रवृत्ति खुसियालीको नाम अधिक मधिराको कारोवार हुने गरेको छ । त्यसले समाजमा नराम्रो परिणाम सिर्जना विगतमा हाम्रो समाजमा नजिर कायम रहेको छ । त्यसको कारण समाजमा अपराधिक घटना बिकास भएको छ । त्यसैले स्थानीय सरोकारवाल निकायले गम्भिर हुन जरुरी रहेको छ । त्यस तर्फ हामी सवै समाजको दायित्व छ । त्यसैले यो महाकुम्भ सदुपयोग गरौ तर समाजलाई सभ्य बनाउन आफै सचेत हौऊ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "आफै सचेत हौऊ"

Leave a comment

Your email address will not be published.


*