ईरानविरुद्ध सैन्य कारबाही अघि बढाउने तयारी गर्दै अमेरिका

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । ईरानसँगको तनाव थप वृद्धि भइरहेको अवस्थामा ट्रम्प प्रशासनले सैन्य कारबाही अघि बढाउने तयारी गरिरहेको एक्सप्रेसले जनाएको छ । ईरानले तेल आपूर्ति हुने मध्य पश्चिमको प्रमुख रुटलाई बन्द गरिदिने धम्की दिएपछि त्यस स्थानमा कडा नजर राख्न यस्तो तरिका अपनाउन लागिएको प्रशासनको भनाइ छ ।

पाँच दिन अगाडि साउदीको तेल ट्याङ्करमा ईरानका हूथी विद्रोहीहरुले हमला गरेको खबर बाहिरिएदेखि नै अमेरिकाले सैन्य कारबाही सुरु गर्ने योजना बनाएको बतान्छ । तरपनि हालका लागि अमेरिकी सेना आफैँ नभएर समर्थक राष्ट्र साउदी अरबले अमेरिकालाई यसमा सघाउने तय भएको बताइएको हो ।

यसबारेमा रक्षा सचिव जेम्स म्याटिसले अमेरिका अन्तराष्ट्रिय तेल आपूर्तिको रुट खुला राख्ने पक्षमा भएकाले जुनसुकै तरिका अपनाएर भएपनि ईरानलाई रोक्ने बताएका हुन् । शुक्रबार यस विषयमा थप प्रतिक्रिया दिँदै म्याटिसले भने, ‘यसअघि पनि आपूर्ति बन्द गराउन खोज्दा ईरानले अन्तराष्ट्रिय सैन्य कारबाहीको समना गर्नु परेको थियो । त्यसकारण योपटक पनि यस्तै तरिका अपनाइने सम्भावना धेरै छ ।’ यसका लागि रक्षा विभाग पेन्टागनले साउदी अरब, कुवेत, बहराइन र युएर्यसँगको सहकार्य जारी राख्ने र उनीहरुको सहयोगमा ईरानको प्रभावलाई नियन्त्रणमा राख्ने तयारी भएको उनले बताए ।

वास्तवमा पछिल्लो समयमा अमेरिकी राष्ट्रपति र ईरानका प्रमुखबीच विवाद बढेपछि यो विषय थप तनावग्रस्त बन्दै गइरहेको हो । ईरानी सेनाका प्रमुख जर्नेल कसिम सोलेमानिले ट्रम्पको आक्रामक ट्वीटको जवाफमा अमेरिकाले युद्ध सुरु गरेमा त्यसलाई ईरानले अन्त्य गर्ने धम्की दिएका थिए । यस विरुद्ध अमेरिकाले भने ईरानमाथि अझ कडा नीति अपनाएर मध्य पूर्वमा ईरानको आक्रामक शैलीको अन्त्य गर्ने जर्नेल ज्याक किएनले बताएका हुन् ।

Shares

Be the first to comment on "ईरानविरुद्ध सैन्य कारबाही अघि बढाउने तयारी गर्दै अमेरिका"

Leave a comment

Your email address will not be published.


*