ऋतु अनुसार कुन मौसममा के खानेकुरा खाने ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी — मौसम बदलिँदै जाँदा आहारमा ध्यान दिन जरूरी हुन्छ अनि मात्र तपाईं स्वस्थ र तन्दुरुस्त रहन सक्नुहुन्छ । हरेक मौसमको आफ्नै स्वभाव हुन्छ र त्यसैअनुसार खानपिन पनि मिलाउनुपर्छ ।
वसन्त ऋतु (फागुनदेखि चैत)
यतिखेर गर्मी हुन्छ । जौ, चना, गहुँको रोटी, चामल, मसँग, रहर, मूला, परवर, करेला, काँक्रो, जीरा, अमला आदि खानुस् । अमिलो कुरा नखानुस् ।
ग्रीष्म ऋतु (वैशाखदेखि जेठ)
यो मौसममा पुरानो गहुँ, जौ, सातु, खीर, दूध, चिसो पदार्थ, काँचो आँप, करेला, परवर र खरबुजा खानुस् । तेल हालेको, मसला धेर भएको, नूनिलो र तातो कुरा नखानुस् ।
वर्षा ऋतु (असारदेखि भदौ)
यो ऋतुमा पुरानो चामल, पुरानो गहुँ, खिचडी र हलुका पदार्थ सेवन गर्नुपर्छ । बर्खामा पाचनशक्ति कमजोर हुन्छ, त्यसैले कम भोजन गरेको राम्रो हुन्छ ।
शरद ऋतु (असोज र कार्तिक)
यो ऋतुमा चाहिँ पाचनशक्ति प्रबल हुन्छ र खाना पनि मज्जाले पच्छ । तातो दूध, घिउ, सक्खर, मिश्री, खीर, अमला, कागती, नरिवल, काउली खानुस् । तागत बढाउने काजु किसमिस खानुहोला ।
हेमन्त ऋतु (मंसिर)
स्वास्थ्य बनाउनका लागि यो ऋतु सर्वोत्तम मानिएको छ । पौष्टिक र भिटामिन भरपूर भएको खाद्यपदार्थ खानुस् । दूध, खुवा, नयाँ चामल, अनार, तिल लगायतका कुरा खानुस् । चिसो कुरा पटक्कै नखानुस् ।
शिशिर ऋतु (पुसदेखि माघ)
यो मौसममा घिउ, सिधे नून, मुँगको दालको खिचडी, अदुवा र तातो कुरा खानुपर्छ । तारेको वा भुटेको, चिसो वा बासी भोजन र बेमौसमी खाना नखानुस् । एजेन्सी

Shares

Be the first to comment on "ऋतु अनुसार कुन मौसममा के खानेकुरा खाने ?"

Leave a comment

Your email address will not be published.


*