एक विद्यालय एक इकाई घोषणा कार्यक्रम सम्पन्न

चरिकोट (दीस) ः दोलखाको तीन वटा पालिकाकाको संयूक्त रुपमा“ एक विद्यालय एक इकाई घोषणा” कार्यक्रम सम्पन्न भएको छ । शनिबार कालिन्चोक गाउँपालिका स्थित कालीनाग माविमा सम्पन्न कार्यक्रम जिल्लाको कालिञ्चोक, विगु र गौरीशंकर गाँउपालिकाले संयूक्त रुपमा सम्पन्न गरेका थिए ।एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दोलखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष शंकर अधिकारीको प्रमुख आतिथ्यता र बागमती प्रदेशको पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको विशेष आतिथ्यतामा उक्त सम्पन्न भएको थियो ।कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बलराम थापा ,संगठनका केन्द्रीय सचिब रामबहादुर खड्का ,गौरीशंकर गाउँपालिकाका अध्यक्ष बिश्वास कार्की ,बिगु गाउँपालिकाका संजिब ओली,कालिन्चोक गाउँ पालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी लागायत पार्टी जिल्ला पदाधिकारी सहित जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "एक विद्यालय एक इकाई घोषणा कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*