एक सातामा ९७ करोड उठ्यो ,काठमाडौको लागि ७ दिन थप

ताजा समाचारको लागि फलो गर्नुहोस ।

श्रृजन कुमार घिमिरे

दोलखा,्– अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको लागि दोलखाबासीबाट ७ दिनमै ९७ करोड बरावर शेयर संकलन भएको छ । दोलखाबासीलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितका लागि एक हप्ता देखि सेयर संकलन सुरु भएको छ । एक हप्तामा तथ्याङक अनुसार ९७ करोड बराबरको सेयर संकलन भएको हो ।

साउन १६ देखि लामो प्रतिक्षा र बहसपछि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर संकलन दोलखा र काठमाडौंबाट सुरु भएको छ । दोलखाका २६ र काठमाडौंका ११ वटा संकलन केन्द्रबाट सेयर संकलन जारी छ । तर सबैभन्दा बढी काठमाडौंबाट सेयरमा आवेदन परेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बुधवार सम्म ५० हजारले आवेदन दिएका छन् । त्यसमध्ये दोलखाका २६ संकलन केन्द्रमा सरदर २१ हजारका दर बराबरको आवेदन परेको छ । त्यसैगरी काठमाडौंबाट सरदर २४ हजारको दरले शेयर आबदेन परेको छ । सेयर निष्कासन तथा विक्रि प्रबन्धक नागरिक लगानी कोषका प्रबन्धक रोशन दंगालले काठमाडौंका ११ वटै संकलन केन्द्रमा सुरुदेखि नै दोलखालीहरुको भीड लागेको जानकारी दिए । काठमाडौंमा सनराइज बैंकका ११ वटा शाखालाई संकलन केन्द्रको जिम्मेवारी दिएको छ ।

काठमाडौमा आवेदनको लागि ७ दिन थप
सेयरमा आवेदन दिनेको संख्या दिनप्रतिदिन बढेपछि काठमाडौबाट शेयर आवेदन दिनको लागि सात दिन समय थपिएको छ । काठमाडौंमा भने १० दिनका लागि मात्र संकलनका लागि तोकिएका भए पनि जनताको माग अनुसार ७ दिन म्याद थपिएको प्रवक्ता न्यौपाने बताए । दोलखामा भने भदौ १४ गतेसम्म सेयर संकलन हुन्छ ।
विहिबारसम्म काठमाडौंमा भीड देखिएकोपछि जिल्ला समन्वय समिति दोलखाले म्याद थपको लागि शुक्रवार पत्रचार गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए । दोलखामा भने स्थानीय जनप्रतिनिधिहरुले बैंकसँगको समन्वयमा स्थानीयस्तरमै सेयर भर्ने व्यवस्था गरेका छन् । धेरै आवेदन फाराम गाउँ गए तापनि भरेर बैंकमा भदौ लागेपछि मात्र फर्कने अनुमान छ । गाउँ गाउँबाटै सेयर भर्ने व्यवस्था गरिएको बैतेश्वर गाउँपालिका वडानम्बर ७ का वडा अध्यक्ष रेशमराजस्वराज रिमालले बताए ।
अहिलेसम्म आवेदन गर्नेहरु अधिकाँशले अधिकतम सिमा ३० हजार बराबरकै सेयरमा आवेदन गरेका छन् । ३० हजारको आवेदन गर्नेहरु पनि काठमाडौंमा बसोबास गर्नेहरु नै बढी देखिन्छ । ३० हजारको अनुपातमा बढी आवेदन परेको पनि प्रवक्ता डा.न्यौपाने जानकारी दिए ।
अप्पर तामाकोसीको सेयर जलविद्युत आयोजनाको अहिलेसम्मको सबैभन्दा ठूलो सेयर हो । सरकारले समेत यसलाई उच्च प्राथमिकता दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन स्वयम् दोलखा आएर संकलनको सुभारम्भ गरेका छन् । स्थानीयका लागि वितरण भएको सेयरमा यो नै सबैभन्दा बढी विक्री हुने अनुमान छ ।

Shares

Be the first to comment on "एक सातामा ९७ करोड उठ्यो ,काठमाडौको लागि ७ दिन थप"

Leave a comment

Your email address will not be published.


*