एनआरटीलाई पराजीत गर्दै संकटा लिगको दोस्रो स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलमा सिएमजी संकटा क्लब लिगमा छैठौं जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदामा भएको खेलमा न्युुरोड टिम एनआरटीलाई १—० गोल अन्तरले पराजित गर्न संकटाले खेलको अतिरिक्त समयसम्म कुर्नु पर्यो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको संकटाका लागि खेलको अतिरिक्त समयमा एलोन म्यासवेलले गोल गर्दै संकटालाई लिगको अंक तालिकामा एक स्थान माथि पुुर्याएका हुन् ।
खेलमा पटक—पटक संकटाले एनआरटीविरुद्ध अग्रताको अवसर पाए पनि गोल गर्न नसक्दा कमजोर देखिएको थियो । जितसँगै संकटा १८ अंकसहित लिगको शीर्ष स्थानमा हरको मनाङ बराबरी पुुगेपनि गोलका आधारमा पछाडि परेको हो । एनआरटी भने एक लिगको पुुछारमा यथावत रहेको छ ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "एनआरटीलाई पराजीत गर्दै संकटा लिगको दोस्रो स्थानमा"

Leave a comment

Your email address will not be published.


*